Techie IT
Friday, October 30,2020 / बिहीबार, कात्तिक १३, २०७७
×
गृहपृष्ठसमाजकर्थलीका तीन घर पहिरोले क्षतिग्रस्त पाँच घर उच्च जोखिममा

कर्थलीका तीन घर पहिरोले क्षतिग्रस्त पाँच घर उच्च जोखिममा


बाह्रबिसे । बाह्रबिसे २ कर्थलीका आठ घर पूर्ण रुपमा क्षति र उच्च जोखिममा परेका छन् । साउन १८ राति परेको अविरल वर्षासँगै कर्थलीको घट्टे खोलामा आएको बाढी र पहिरोका कारण आठ घर मध्ये ३ घर पूर्ण रुपमा क्षति र ५ घर उच्च जोखिममा परेका हुन् ।

बाह्रबिसे २ का कमल बिक, गोपाल बिक, गुना बिकको घर पूर्ण रुपमा क्षति भएका छन् भने, पृथ्वी बहादुर भण्डारी, तिलक बहादुर भण्डारी, डिल बहादुर भण्डारी, सिताराम कार्की र साजन भण्डारीको घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय चौताराले जानकारी दिएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस