‘सिन्धुपाल्चोकका विपदमा मानवीय त्रुटी पनि छ’ सिडियो ढकाल (भिडियो)
चौतारा ।
हरेक वर्षका बर्खायामको समयमा हुने विपदहरुमा मानवीय त्रुटीसमेत रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन् । सिन्धु खबरसँग कुरा गर्दै प्रमुख जिल्ल अधिकारी ढकालले जोखिम स्थन भन्ने जान्दा जान्दै पनि मानव वस्ती बसाल्नु गम्भीर गल्ती भएको बताउँदै यस्तो बताएका हुन् ।
पचासौं वर्षअघि विपद भएको स्थानमा अहिले फेरि मानव बस्ती रहेको उनको भनाई छ । ‘भोटेकोशी किनारआसआसमा क्षेत्रहरु मनवबस्ती बस्न लायक ठाउँ नै हैन,’ उनले भनेका छन् । यो क्षेत्रमा हरेक वर्ष अधिकांश स्थानमा पहिरो जाने गर्दछ । पहिरोले बाटो अवरुद्ध हुने हुँदा उद्धारमा समस्या हुने गरेको उनले बताए ।
‘हामीले सुरक्षिाकर्मीलाई हाइ अलर्टमा राख्ने गरेका छौं,’ सिडियो उमेशकुमारले भने, ‘विकट ठाउँमा पहिरो जाने हुँदा त्यहाँ पुग्नै समस्या उत्पन्न हुन्छ ।’ उनले स्रोत साधनको कमीले पनि समस्या हुने गरेको सुनाए ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस