बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाजढिस्को र रुखले थिचेर मेलम्ची बजारमा ८ बेपत्ता

ढिस्को र रुखले थिचेर मेलम्ची बजारमा ८ बेपत्ता


सिन्धुपाल्चोक । माटोको ढिस्को र रुखले थिचेर मेलम्ची बजारको एक घरमा सुतिरहेका ८ जना बेपत्ता भएको छन् । मेलम्ची नगरपालिका–११ मा कभर्डहल बनाउने मजदुरहरु सुतिरहेकै अवस्थामा करिव राती २ बजे पुरिएका थिए । घाइते वर्ष ३५ को बारु शाहको बिहान ६.३० बजे उद्धार गरि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

बेपत्ता हुनेमा वर्ष ८४ का राजेन्द्र चौरासिया, वर्ष ३५ को प्रदिप चौरासिया, वर्ष २१ को राजेश चौधरी, वर्ष २५ को विक्रम थिंग, वर्ष २३ को मान बहादुर रुम्बा, वर्ष २० को सिमन घ्लान, वर्ष २१ को शिव बालक धामी, वर्ष १७ को सोनाम लामा रहेका छन् । उनीहरु सबै वीरगञ्जका रहेका छन् । बेपताको खोजीका लागि सेना प्रहरी र स्थानीय लागेका छन् । स्थानीय अगुवा शिवराम भट्टराइका अनुसार बजारको अन्तिम बस्ती (तालामाराङतर्फ) मा सडकको माथिल्लो भागको ढिस्को भत्केर घर पुरिएको छ ।

माटोसँगै रुखले पनि घरलाई थिचेको जानकारी उनले दिए । बेपत्ता हुनेहरु सवै जिल्ला बाहिरबाट काममा आएका थिए । उनीहरु कभर्डहल बनाउन फलामा जडानको काम गर्थे ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!