बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाजगुन्टेका पहिरो पीडितलाइ नेविसंघ र तरुण दलको खाद्य सामाग्री सहयोग

गुन्टेका पहिरो पीडितलाइ नेविसंघ र तरुण दलको खाद्य सामाग्री सहयोग


काठमाडौं । नेपाली काँग्रेस सिन्धुपाल्चोकले जुगलका बाढी पहिरो पीडितलाई राहत खाद्यान्न सामगी सहयोग गरेको छ । जुगल गाउँपालिका गुन्टेका पहिरो पीडितलाई दाल, नुन र तेल ५० कार्टुन, ब्लांकेट ३२ थान, त्रिपाल ४० थान, चालम २५ बोरा स्थानीय नेताहरु, जनप्रतिनिधि र तरुण कार्याकर्तामार्फत आज सिन्धुपाल्चोक पठाइएको हो ।

सिन्धुपाल्चोकका काँगेस नेता भूपेन्द्र थापा, बल्देव तिमल्सिना, दोर्जे लामा र गीता नेपालद्धारा संकलित खाद्यान्न सामग्री, त्रिपाल, ब्ल्यांकेट लगायतका राहत सामग्री पहिरोपीडित गुन्टे गाउॅंका करीब ४० घरपरिवारलाइ वितरण गर्ने गरी आज त्यसतर्फ पठाइएको हो ।

सो सामग्री नेपाली कॉंग्रेसका तर्फबाट जुगल गाउॅंपालिका अध्यक्षका प्रत्यासी जय बहादुर लामा, जुगल गापा ५ का वडाध्यक्ष सनत कुमार अधिकारी, वडा नं ५ का इकाइ सभापति तथा अध्यक्षका प्रत्यासी निमा लामा लगायत स्थानीय नेताहरुलाइ आज हस्तान्तरण गरीएको नेबिसंघका महामन्त्री बलदेव तिमल्सिनाले बताए ।

सामाग्री लिएर पहिरोपीडितकोमा आफै जाने मन हुँदाहुँदै पनि बाटोको समस्याका कारण जान नसकेको तरुण दल अध्यक्ष दोर्जे लामाले बताए । सामग्री वितरण गर्न आजै त्यसतर्फ लगिएको छ ।

उक्त सामग्रीहरु हस्तान्तरण गर्ने क्रममा नेपाली कॉंग्रेसका महासमिति सदस्य कृष्ण न्यौपाने, महिला संघ सिन्धुपाल्चोक अध्यक्ष नेपाल, तरुण दलका उपाध्यक्ष कर्मा लामा, सचिब जित बहादुर थिंग, कोषाध्यक्ष निमा लामा, नेपाली कॉंग्रेस त्रिपुरासुन्दरी गापा अध्यक्ष देबीराज श्रेष्ठ, लिसंखुपाखर गापा अध्यक्ष डुबाछिरींग लामा, नेविसंघ उपाध्यक्ष नबिन श्रेष्ठ लगायतको उपस्थिति थियो ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!