बुधबार, चैत्र ५, २०८१
गृहपृष्ठसमाजघर बिदा पाएका लिस्तीका कृष्णबहादुरको साउदीमा निधन

घर बिदा पाएका लिस्तीका कृष्णबहादुरको साउदीमा निधन


चौतारा ।
साउदी अरेबियामा रोजगारीका लागी पुगेका कृष्णबहादुर प्रधानको उपचारका क्रममा निधन भएको छ । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका उनको उपचार गर्दागर्दै अस्पतालमा निधन भएको हो । उनले घर बिदा पाइसकेका थिए ।

प्रधानको निधन जेद्दास्थित अस्पतालमा भर्ना भएको २६ दिनपछि निधन भएको हो । जुन २९ तारिख अस्पताल भर्ना भएको कृष्णबहादुरको क्रममा जुलाई २४ तारिख बिहान् ३.१५ बजे निधन भएको थियो ।
मृतक कृष्णबहादुर जेद्दाको आभास्थित मुहासासा नुजाहा अल जुन कम्पनीमा कार्यरत थियो । उनको मृत्यु कोभिड(१९ बाट भएको कारणले नेपाल पठाउन नसक्ने जेद्दास्थित महावाणिज्यदूत रेवती रमण पौडेलले बताए । उनका अनुसार मृतकको कफिलसँग आवश्यक कागजपत्रका लागि सम्पर्क गरिरहेका छन् ।
शव नेपाल नआउने थाहा पाएपछि मृतक कृष्णबहादुरका परिवारले हिन्दु धर्मअनुसार १३ दिने कर्मकाण्ड समेत गरिरहेको छ ।
उनी कृष्णबहादुर चार वर्षअघि साउदी आएका थिए । मृतक घरबिदाको तयारीमा समेत रहेको प्रधानले बताए । मृतकको श्रीमतीसँगै १३ र ११ वर्षीय छोरी छिन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!