Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाजऋण तिर्न नसकेपछि आफै अपहरणको नाटक

ऋण तिर्न नसकेपछि आफै अपहरणको नाटक


बाह्रविसे ।

घरायसी व्यवहारका लागि लिएको ऋण तिर्न नसकेपछि एक व्यक्तिले आफै अपहरणमा परेको नाटक गरेका छन् । बाह्रविसे नगरपालिका वडा नं. ४स्थित सानोपलाँतीका जीवन खत्रीले आफै अपहरणमा परेको नाटक गरेका हुन् ।
घरबाट ४,५ जनाको समूहमा आएका अज्ञात व्यक्तिले अपहरण गरेको भनेर नाटक गर्ने

उनलाई १८ घण्टापछि प्रहरीले पक्राउ गरेको छ । बुधबार विहान खत्री अपहरणमा परेको सूचना आफन्तले प्रहरीलाई दिएको थियो । अपहरणमा परेको अबर आएपछि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्ध्ुपाल्चोकले जनाएको छ ।

प्रहरीले जीवनको मोबाइल लोकेसनबाट उनलाई फेला पारेको हो । बुधबार साँझ ७ बजे सुनकोशी गाउँपालिका ५ यमुनाडाँडास्थित उनको फूपूको घरमा बसिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनले गलत प्रचार गरि राज्यको स्रोत र जनशक्तिलाई गलत प्रयोग गरेको जिल्ला प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

उनकाअनुसार वर्षदिन अघिदेखि गाउँमा कुखुरा पालन गरर बसेका खत्रीले ऋण सापटी लिएको पैसा तत्काल तिर्नुपर्ने र उनलाई तिर्न नसकेपछि लाज भएकै कारण यस्तो नाटक गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताए ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!