रेडियाे मिसन छिट्टै नियमित प्रशारणमा जांदै

नवलपर ।
रेडियाे मिसन १०५.३ मेगाहर्ज अबकाे केहि दिनमै नियमित प्रशारणमा जांदै छ । जिल्लाकाे ईन्द्रावति गांउपालिकाकाे वडा नम्बर ४ काे जिराेकिलाेमा रेडियाे स्टेसन रहने गरि रेडियाे प्रशारण हुन लागेकाे हाे ।
देश संघिय संरचनामा गईसकेपछि प्रदेश सरकार मातहतमा रेडियाेलाई ईजाजत पाउने पहिलाे रेडियाे, रेडियाे मिसन बन्न सफल भएकाे छ । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशमा निवेदन दर्ता गरी प्रदेश र संघीय सरकारका प्रक्रिया पूरा गरेर रेडियो मिसन सिन्धुपाल्चोकले इजाजत प्राप्त गरेको हाे ।
बाग्मति प्रदेशका सञ्चार रजिष्ट्रार रेवति सापकाेटाले अाफ्नाे मातहतबाट पहिलाे पटक नंया रेडियाेलाई इजाजतपत्र हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउनुभयाे । यस रेडियाेले ईजाजत पाउनु अधि सञ्चालकमा रहेका दुई वटा रेडियोले क्षमताबृद्धि गराएर सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशबाट इजाजत प्राप्त गरेका थिए भने दुई वटा केवल टेलिभिजनले पनि प्रक्रिया पूरा गरी इजाजत पत्र प्राप्त गरेका छन् । रेडियाे सञ्चालक र सञ्चार रजिष्ट्रार कार्यालयले गरेकाे मेहेनत प्रशंसायाेग्य रहेकाे रेडियाेका अध्यक्ष सन्ताेष सिग्देलले बताउनुभयाे । प्रदेशमा आवेदन दिइ संघीय सरकारबाट फ्रिक्वीन्सी प्राप्त गरेर प्रदेश सरकारबाट इजाजत पाउने गोरेटो कोरिएको पनि उहांले सञ्चार रजिष्ट्रार कार्यालयलाई उदृत गर्दै जानकारि दिनुभयाे । यसले अन्य प्रदेशमा पनि सकारात्मक सन्देश जाने र नमूना बन्ने बिश्वास उहांले व्यक्त गर्नुभएकाे छ ।
याे अवस्थामा रेडियाेकर्मिहरूमा बितृष्णा जागेकाे भएपनि अब रेडियाेमा केहि परिवर्तन सहित प्रस्तुत हुने रेडियाेका अध्यक्ष सन्ताेष सिग्देलले जानकारि दिनुभयाे
समाज परिवर्तनमा रेडियाेले महत्त्वपूर्ण भुमिका अपनाउने उहांकाे भनाई छ । जिल्लामा सञ्चालनमा रहेका रेडियाेभन्दा पृथक भुमिका अपनाउने उहांकाे भनाई छ ।
क्याटेगोरी : समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस