Techie IT
Wednesday, January 27,2021 / बुधबार, माघ १४, २०७७
×
गृहपृष्ठसमाजकाठमाण्डौं–मेलम्ची जोड्ने सिन्धुखोला पु्ल ढल्ने जोखिममा

काठमाण्डौं–मेलम्ची जोड्ने सिन्धुखोला पु्ल ढल्ने जोखिममा


मेलम्ची । काठमाण्डौंबाट मेलम्ची जोड्नु प्रम्ख सडकमा रहेको पक्की पुल ढल्ने खतरा बढेपछि स्थानीयमा त्रास फैलिएको छ । मेलम्ची नगरपालिका वडा नं. १२ र १३ को सीमामा रहेको सिन्धु खोला मा अवस्थित पुल जोखिममा परेपछि स्थानीयवासीमा सन्त्रास फैलिएको हो ।
बर्षाको पानिको बहाब बढे संगै खोलाको सतह बढ्दा पुलको जग खोलिएको छ । पुलको पिल्लर चर्किएको स्थानीय जम्बिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार पुलको पिल्लर खोलिएको छ । काठमाण्डौ मेलम्ची जोडने प्रमुख सडक मार्ग मा पर्ने ५५ मिटरको पुल जोखिममा पर्दा सम्भावित दुर्घटनाका कारण स्थानीयमा त्रास फैलिएको उनले जानकारी दिए । वडा बासीहरुका साथै सवारी साधन चालक र यात्रुहरुमा पनि त्रास बढेको छ ।
राजधानीबाट यो पुल पार गर्दै मेलम्ची, हेलम्बु पुग्न सकिन्छ । खतरा पुल भत्किए या ढलेमा काठमाण्डौं, काभ्रेसँग सडक सम्बन्ध टुट्ने छ । कति बेला भत्किन्छ र ठूलो जोखिम आईलाग्छ भन्ने चिन्ता प्रकट गर्दै स्थानीयले सम्बधित निकायलाई परि आउने समस्या लाई मध्यनजर गर्दै बेलैमा ध्यान दिन अनुरोध गरेको स्थानीय कञ्चन ढुंगानाले बताए । उनले पुल पार गर्ने पैदल यात्र्रीलाई समेत होसियार भएर यात्रा गर्न अनुरोध गरेको बताए । पुल जोखिमबारे मेलम्ची नगरपालिका वडा नं. १३ का अध्यक्ष देवेन्द्र घोरासैनीले यसबारे आफूलाई जानकारी नभएको बताए ।

 


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार