शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाज‘जोखिम नभएको निश्चित भएपछि मात्रै विद्यार्थी कक्षाकोठामा’

‘जोखिम नभएको निश्चित भएपछि मात्रै विद्यार्थी कक्षाकोठामा’


कृष्ण सुवेदी
शिक्षा, विकास तथा समन्वय इकार्ई प्रमुख
सिन्धुपाल्चोक

‘विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण करिब पाँच महिनादेखि विद्यालयहरु बन्द छ । कोरोना संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण शिक्षक, विद्यार्थी र अभिभावकसँगको सम्बन्धमा दुरी बढेको अवस्था छ ।
शिक्षा क्षेत्रमा यसले निकै असर पा¥यो । एसईई हुन सकेन । विद्यालयको पढाइमा भंगता भयो । अर्कोतिर क्याम्पसका पठनपाठन र परीक्षा पनि धकेलियो । अब के हुन्छ र के गर्ने भन्ने सोच्न कसैले भ्यानन् र सकेनन् पनि । जसका कारण विद्यार्थीमा बेचैनी सुरु भयो भने अभिभावकमा अन्योलता छायो । यो अवस्थालाई चिर्ने एक मात्र विकल्प भनेको अनलाइन कक्षा नै हो भन्ने हेतुले सूचना प्रविधिलाई अधिकांश विद्यालयहरुले पिछा गरेको अवस्था छ । अहिले पनि सम्भव भएका स्थानमा अनलाइन कक्षाहरु सञ्चालन भइरहेका छन् । रेडियो कक्षा पनि सञ्चालनमा छ । कक्षा सञ्चालन भएको समय बाहेक विद्यार्थीहरु के गर्दछन्, उनीहरुको अवस्था कस्तो छ भन्नेबारे शिक्षकले पहिल्याउन सकेका छैनन् ।

लकडाउन पूर्ण रुपमा नखुलेको अवस्थामा अहिले पनि विद्यालयहरु बन्द नै छ । हामीले भदौं १ गतेबाट विद्यालयमा विद्यार्थी भर्ना गर्ने तयारी गरेका छौं । तर, विद्यार्थीहरुलाई विद्यालयमा राखेर भने पढाउने वातावरण नभएकाले शिक्षकहरु मात्रै विद्यालय आउनुहुन्छ । कोरोनाको जोखिम न्यूनीकरण गर्दै विद्यार्थीको अवस्था बुझ्दै भदौ १ पछि पनि हामी अनलाइन कक्षाबाट नै अध्यापन गराउँछौं । भर्ना गरेर पाठ्यपुस्तक दिइ विद्यार्थीलाई घरमै पठाउने हो । शिक्षक र विद्यार्थीलाई थप चलायमान बनाएर अध्ययन अध्यापन गराउने योजनामा छौं । अनलाइन कक्षालाई प्रभावकारी बनाएर अध्यापन गरिनेछ । जोखिम छैन भन्ने सुनिश्चित भएपछि मात्रै कक्षाकोठामा राखेर अध्यापन गराउँछौं ।

विद्यार्थी भर्ना भइसकेकेपछि हामी उनीहरुको दैनिकी नियाल्छौं । ट्रयाकिङ गर्छाैं । सुविधा बढाउँछौं । कोरोनाका कारण सिकाई दर पक्कै ओरालो झरेको छ । त्यसलाई साविकमा ल्याउन निकै चुनौति देखेको छु । सिकाईका क्रियाकलाप लगभग शुन्यमा भएकाले सिकाई दर घटेको अनुमान गरिन्छ । इन्टरनेटको प्रयोगबाट गरिएको अनलाइन कक्षा उपलब्धिमूलक भयो भनेर ठोकुवा गर्ने अवस्था छैन । कतिपय शिक्षकहरु नै प्रविधिबारे बेखबर छन् भने विद्यार्थीका लागि त्यो टाढाको कुरा हो । अझ पनि हाम्रो जिल्ला भौगोलिक दृष्टिले विकटमा पर्छ । अझसम्म पनि टुकी बत्तीकै भरमा रहेका बस्तीहरु प्नि छन् । यही कारण पनि अनलाइन कक्षा ग्रामीण भेगमा पुगेको छैन ।
अब, यत्ति सम्म के गर्न सकिन्छ भने विद्यालय नजिक घर रहेका करिब ८÷१० जना बालबालिकालाई विद्यालयमै बोलाएर हामीले यस्तो गरिरहेका छौं । अब भाईबहिनीहरुल्े यसरी पढ्नुपर्छ भनेर चैं भन्न सकिने अवस्था छ । तर, यसका लागि विद्यालयमा इन्टरनेट, टेलिभिजन जस्ता प्रविधियुक्त सामग्रीको भने आवश्यक पर्छ ।

अहिले प्रदेश सरकारले कक्षा १ का लागि नयाँ पाठ्यक्रमसहित दुई वटा विषयको शिक्षक निर्देशिका पठाएको छ । त्यो एक विद्यालय बराबर दुई वटाका दरले पठाइएको छ । यसले तल्ले तहमा अध्यापन गराउने शिक्षकलाई चलायमान बनाउँछ । सोही निर्देशिकाअनुसार विद्यालय नजिकका बालबालिकालाई प्रयोगात्मक शिक्षण गराउन पनि सकिन्छ । तर, सुरक्षित रहने भने अनिवार्य छ । जिल्लामा रहेका चार सय ६९ सामुदायिक विद्यालयका करिब ८९ हजार विद्यार्थीलाई करिब दुई हजार आठ सय शिक्षकले छुट्टाछुट्टै रुपमा सामाजिक दुरीसमेत कायम गरेर अध्यापन गराउन भने निकै मुस्किल र चुनौतिको विषय हो । यसैकारण पनि जोखिम नभएको निश्चित भएपछि मात्रै विद्यार्थी कक्षा कोठामा राखेर पढाउने योजना हो ।’

(कुराकानीमा आधारित)
कारोबार दैनिकबाट


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!