गृहपृष्ठ ∕ समाज ∕ ढुपा छेश्यीमा रक्तदान, भोटेकोशीबाढीपीडितलाई राहत हस्तान्तरण ढुपा छेश्यीमा रक्तदान, भोटेकोशीबाढीपीडितलाई राहत हस्तान्तरण Sindhu Khabar साउन १०, २०७७ गते १२:१४ मा प्रकाशित काठमाण्डौं । ढुपा छेश्यीको अवसरमा बौद्ध तीनचुली स्थित ह्योल्मो समाज सेवा केन्द्र ह्योल्मो गुम्बाको प्रांगणमा रक्तदान कार्यक्रम गरिएको छ । ह्योल्मो समाज सेवा केन्द्र, ह्योल्मो सञ्चार समूह र हिल–नेपालको संयूक्त आयोजनामा लायन्स क्लब अफ काठमाडौ ब्लड सर्कलको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा ४७ जनाले आफ्नो रक्त दान गरे । ढुपा छेश्यी शान्तिका महानायक भगवान गौतम बुद्धले बुद्धत्व प्राप्त गरे पश्चात प्रथम पटक पञ्च वर्गीय भिक्षुहरुलाई चार आर्य सत्यको उपदेश दिनु भएको धर्मचक्र प्रवर्तन दिवस अर्थात महायानी बौद्ध धर्मवलम्बीहरुको विशेष पुण्य तिथि छ्येखोर दिछ्येनको शुभावसरमा अन्य बौद्ध धर्मवलम्बीहरुले जस्तै आदिवासी जनजाति ह्योल्मो समुदायले पनि प्रत्येक वर्ष विभिन्न कार्यक्रम तथा पुजापाठ गरी धुमधमका साथ मनाउदै आइरहेको छ । यो वर्ष भने विश्वमा नै फैलिएको कोभिड–१९ को महामारी र नेपाल सरकारले बनाएको कोभिड–१९ महामारी विरुद्धको मापदण्ड आनुसार सिमित व्यतिmहरुको उपस्थितिमा ढुपा छेजी सम्पन्न गरिएको अध्यक्ष ढापा दोर्जे लामा ह्योल्मो बताउँछन् । वर्षातको समय भएकाले देशको विभिन्न क्षेत्रमा बाढी पहिरोले जनधनको क्षति पु¥याउनुका साथै रगतको अभाव भएको अवस्थामा रक्तदान कार्यक्रम संचालन गरिएको हो । यो अवस्थामा रगत उपलब्ध गराउने जस्तो पुण्य कार्य अरु केही नभएकोले रक्तदान कार्यक्रम पनि आयोजना गरिएको संयोजक टासी दोङबा ह्योल्मोले बताए । साथै कोभिड–१९ को महामारीमा पनि ह्योल्मो सञ्चार समुहद्धारा राहत वितरणको कार्यक्रम पनि आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका अध्यक्ष श्री फुपु छेम्बे शेर्पा र बोधी सत्व विहार ताइवानका श्री धर्म गुरु हुगोङ्ग शीलाई ताम्रापत्रद्धारा सम्मान गरिएको थियो । साथै भोटेकोशी गाँउपलिकाका अध्यक्ष राजकुमार पौडेललाई भोटेकोशी गाँउपलिकाका बाढी पिडितको सहायोगार्थ ह्योल्मो गुम्बाका सल्लाहकार निमा लामा ह्योल्मोले सत्तरी हजार रकम तथा ह्योल्मो सञ्चारसमूह तथा हिल–नेपालको तर्फबाट स्वस्थ सामाग्रीहरु माक्स, सेनिटाइजार, थार्माेगन जस्ता सामाग्री हस्तान्तारण गरिएको थियो । बोधीसत्व विहार ताइवानका श्री धर्म गुरु हुगोङ्ग बीले ह्योल्मो समाज सेवा केन्द्रको लागि नगद रू एक लाख पनि सोही कार्यक्रममा प्रदान गरे । कार्यक्रममा उनले बुद्ध दर्शन बारे प्रवचान पनि दिएका थिए । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता इन्द्रावतीमा विद्युत चोरी गरे सुविधा रोक्का, काठको पोलमुक्त बनाइँदै महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह पत्रकार महासंघको ‘१३ बुँदे हेलम्बु घोषणापत्र’ जारी, यस्ता छन् निर्णय धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ६फेरि बन्द हुने भयाे ताताेपानी नाका ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा