गृहपृष्ठ ∕ समाज ∕ चीनले बाढी र पहिरोपीडितलाई टेण्ट र खाद्यान्न सहयोग गर्ने चीनले बाढी र पहिरोपीडितलाई टेण्ट र खाद्यान्न सहयोग गर्ने Sindhu Khabar साउन ८, २०७७ गते १८:३३ मा प्रकाशित तातोपानी । चीनको न्यालाम जिल्लाले सिन्धुपाल्चोकका बाढी तथा पहिरो पीडितका लागि सहयोग गर्ने भएको छ । न्यालाम जिल्लाले भोटेकोशी र बाह्रविसेमा गएको पहिरो र बाढीका कारण पीडित भएकाहरुलाई ५ सय थान टेण्ट र खाद्यान्न सहयोग गर्ने भएको हो । बाढी र पहिरोका कारण सडक अवरुद्ध भएपछि बाह्रविसेतर्फबाट सामग्री लैजान सक्ने अवस्था छैन । भोटेकोशी गाउँपालिकामा खाद्यान्न अभावका साथै विस्थपितहरुलाई खान बस्न समस्या भइरहेको छ । समस्या सुल्झाउनका लागि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले चीनको न्यालाम जिल्लालाई सहयोगको पहल गरेपछि चीनले सहयोग गर्न लागेको हो । आज तातोपानी नाकामा भएको अनौपचारिक भेटघाट कार्यक्रममा न्यालाम जिल्लाका सिडियो मिस्टर फेङ लि वी ले आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । उनले साता दिनभित्र न्यालाम जिल्लाले सहयोग गर्ने सामग्री आइपुग्ने जानकारी दिए । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार ध्रुव दंगाल सम्मानित मानव बेचविखन रोक्न सबै जुट्नु आवश्यक नक्कली नोट छाप्ने मेसिनसहित फटकसिलाका राजाराम पक्राउ पहिचान खोज्न ऐतिहासिक भ्रमणमा घले समाज धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो