गृहपृष्ठ ∕ समाज ∕ कुतीकोे तालको सतह घट्यो, भोटेकोशी किनारमा खतरा कम कुतीकोे तालको सतह घट्यो, भोटेकोशी किनारमा खतरा कम Sindhu Khabar साउन ६, २०७७ गते १४:३९ मा प्रकाशित चौतारा । तिब्बतको नेलाम जिल्लाको कुतीबजारबाट पश्चिमतर्फको तालको पानीको सतह घटेको छ । हिजो अविरल वर्षाका कारण फुट्ने सम्भावना रहेको उक्त तालको पानीको सतह आज एक मिटर घटेको हो । तालको पानीको सतह घटेसँगै सिन्धुपाल्चोकस्थित भोटेकोशी र सुनकोशी करिडोरमा जोखिमको खतरा पनि घटेको छ । ताल रहेको स्थान जाङ्बुका विदेश विभागले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई एक मिटर तालको सतह घटेको जानकारी दिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । हिजो तालमा पानी भरिएर फुट्ने खतरा भएपछि स्थानीय प्रशासनले सुनकोसी र भोटेकोसी किनारका वासिन्दालाई रातको समयमा सचेत रहन आग्रह गरेको थियो । तातोपानी नाकाबाट करिव ४५ किमि टाढा तिब्ब्तको कुतीबजारबाट उक्त तालको पानी भोटेकोसीमै मिसिने भएकाले खतरा हुन सक्ने अनुमान स्थानीय प्रशासनको छ । उक्त ताल पुग्न कुतीबाट गाडीमा करिव ५–६ किमि पार गर्नुपर्छ । नेपालीले दुध पोखरीको नामले चिनिने उक्त ताल निकै ठूलो रहेको छ । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार महासंघ केन्द्रीय समितिकाे बैठक हेलम्बुकाे शेर्माथानमा प्राधिकरणको अर्काे सूचना: चौतारा, बाह्रविसे र खाडीचौर क्षेत्रमा बत्ती नजाने यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै