चैत ११ देखि असारसम्म ४४ जनाले आत्महत्या गरे

सिन्धुपाल्चोक । लकडाउनको अबधिमा आत्महत्या गर्नेको संख्या बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कोरोना रोग नियन्त्रणका लागि गत चैत्र ११ गतेदेखि असारसम्ममा ४४ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याकं छ । आर्थिक वर्ष २०७६ र ०७७ को सुरुवाती ११ महिनाको अवधिमा ६७ जनाले आत्माहत्या गरेको रेकर्ड कार्यालयमा रहेका छ ।
सामान्य अवस्थामा कम आत्माहत्याका घटनाहरु घटेको भए पनि लकडाउनको समयमा भने आत्माहत्याका घटनाहरुमा वृद्धि भएको प्रहरी उपरिक्षक प्रज्वल महर्जनले बताए । लकडाउन अवधिमा आत्माहत्या बढ्नुको पछाडी सामाजिक, परिवारिक, प्रेम, एक्लोपन र मानासिक कारणहरुका रहेको छ उनले भने । लकडाउन अवधिमा मानिसहरु घरमै रहने, कामकाज नहुने र विभिन्न मानसिक कुन्ठाहरु उत्पन्न भएर आत्महत्याका घटना बढेको हुनसक्छ ।
आत्माहत्या गरेकामध्ये झुण्डिएर ३९ ,विष सेवन गरि ४ गरि ४३ जनाले आत्मा हत्या गरेका छन् । लामो समयकाको लकडाउनले आर्थिक अवस्थाले मानिसमा मानसिक स्वास्थ्यमा पारेको प्रभावको कारण आत्महत्याको घटना बढेको उपरिक्षक महर्जनको भनाई छ । कोरोना महामारीका बीच जारी लकडाउन, रोजगारी गुम्ने, व्यवसाय डुब्ने अवस्था र भविष्यको अनिश्चिता जस्ता कारणले मानसिक रोगीको संख्या बढेको र त्यही अनुपातमा आत्महत्या गर्नेको सख्या बढ्न सक्ने बताइन्छ ।
पहिलो पटक यति लामो समय घरमै थुनिएर बस्नुपर्दा, व्यवसाय सञ्चालन गर्न नपाउँदा, लकडाउनपछि जीवनयापन सहज हुन्छ भनेर आशावादी हुन नसक्ने अवस्था आदि कारणबाट कतिपयले आत्महत्याको गलत बाटो रोजेको हुन सक्ने महर्जन बताउछन् ।
क्याटेगोरी : समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस