गृहपृष्ठ ∕ समाज ∕ जिल्ला विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकको सूचना, ‘बाढीपहिरोको सम्भावना छ सुरक्षित रहनु’ जिल्ला विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकको सूचना, ‘बाढीपहिरोको सम्भावना छ सुरक्षित रहनु’ सिन्धु खबर साउन २, २०७७ गते २०:०० मा प्रकाशित चौतारा । मनसुन थप सक्रिय भएसँगै साउन ४ गतेदेखि ८ गतेसम्म देशका धेरैजसो ठाउँमा हल्कादेखि सामान्य र केही ठाउँमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । जसका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम बढेको छ । यी पाँच दिनसम्म पर्ने पानीका कारण देशभरका ठूला नदीहरुमा जलसतह बढ्ने, साना नदीहरुमा समेत आकस्मिक बहाब बढ्ने तथा मनसुन सुरु भए यता हालसम्म परेको पानीले पहाडी क्षेत्रको भू-भाग गलिसकेको हुँदा पहिरो तथा भू-क्षयको उच्च जोखिम रहेको छ । अत: नदी किनारा एवम् पहिरोको जोखिम रहेको क्षेत्र आसपास बसोबास गर्ने सम्पूर्ण सिन्धुपाल्चोकबासीलाई सचेत भइ सतर्कता अपनाउनु हुन र जोखिम आँकलन गरी अस्थायी रुपमा सुरक्षित स्थान वा आफन्तकोमा गई बस्न तथा बहुमुल्य वस्तुहरु सुरक्षित राख्न समेत अनुरोध गर्दछौं । विपद्को समयमा गर्भवती र सुत्केरी महिला, बालबालिका, बिरामी, अशक्त रअपांगता भएका व्यक्तिहरु अझ जोखिममा पर्ने भएकाले उनीहरुको सुरक्षालाई विशेष ध्यान दिनसमेत सबैमा अपिल गर्दछौं । साथै, जिल्लाका सबै स्थानीय तहहरु, सरोकारवालाहरु तथा सुरक्षा निकायहरुलाई विपद् जोखिम न्युनीकरण कार्यमा उच्च सतर्कता अपनाउन अनुरोध गर्दै सर्वसाधरणहरुलाई कतै समस्या पर्ने देखिएमा र परेमा नजिकैको सुरक्षा निकायमा खबर गरिदिनुहुन समेत अनुरोध छ । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहर बन्दै सिन्धुपाल्चोकका गाउँ, जिल्लाभर २९ एकीकृत नमुना बस्ती मेलम्चीकी थापा सेनामा प्रतिविद्राेह तथा जंगल युद्धकलाकाे तालिम गर्ने पहिलाे… युएईमा थुम्पाखरका सुदिपकाे मृत्यु चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ६महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ७फेरि बन्द हुने भयाे ताताेपानी नाका ८दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा