गृहपृष्ठ ∕ समाज ∕ ताइवानी बौद्ध धर्मगुरु हेइग्वाङ शीले गरे बाढीपीडितलाई सहयोग ताइवानी बौद्ध धर्मगुरु हेइग्वाङ शीले गरे बाढीपीडितलाई सहयोग Sindhu Khabar असार ३१, २०७७ गते २१:०२ मा प्रकाशित लामोसाँघु–बोधिसत्व विहार तथा ताइवानी बौद्ध धर्मगुरु हेइग्वाङ शीले बाह्रबिसे नगरको खाग्दल र जम्बु पुगेर बाढीपीडितलाई आवश्यक खाद्य सामाग्री सहयोग गरेका छन् । कोरोना भाइरस संक्रमण(कोभिड १९) फैलिन नदिन आवश्यक स्वास्थ्य अभियान दौडिहरहेका धर्मगुरु शीले खाद्य सामाग्री सहयोग गरेका हुन् । बुधवारदेखि मंगलबारसम्म उनी आफै खटेर जम्बु, खाग्दलका ४० विस्थापीत परिवारलाई खाद्यन्नदेखि भान्सामा प्रयोग हुने सामाग्री दिँदै आर्शिवाद दिए । प्रत्येक परिवारलाई डेक्ची, पुन्यु,डाडुदेखि सम्पूर्ण सेट, लत्ता कपडा दिएर उनले यहाको दुख देखेर शाक्यमुनी बुद्धलाई सम्झि“दै भावुक भए । ‘नेपालजस्तो पवित्र भुमीमा टेक्न पाउदा मन चंगा हुन्छ , यहाँका प्रत्येक नागरिक भगवान बुद्धकै बास छ, तर यो विपत्तीले मनलाई टुटाएको छ,’शीले भने । नेपालका ह्योल्मो अभियन्ता टसी दोङ्बा ह्योल्मोले जम्बु, खाग्दल र अन्यतिरको आएको दुखद समाचार पठाएपछि आफुले थाहा पाएर आएको उनले उल्लेख गरे । उनले झण्डै ३ सय परिवारको लागि खाद्य सामाग्री चामल,दाल,गेडागुडी,तेल,हल्दी बोकेर ल्याएर बाँडे । तिब्बतसँग जोडिएको भोटेकोशी सभ्यतालाई पूर्विय दर्शन र बौद्ध सम्प्राद्धयको महत्वपूर्ण मिलन बिन्दु रहेको उनको कथन थियो । बौद्ध धर्म प्रचारको लागि नेपालमा सक्रिय उनी बोधिसत्व विहारका अगुवामध्ये एक हुन् । ह्योल्मोबाट विस्थापीतलाई एक लाख सहयोग ह्योल्मो समाज सेवा केन्द्रले भोटेकोसी गाउँपालिकाका विस्थापीतलाई एक लाख सहयोग गरेको छ । मंगलबार ह्योल्मो समाज सेवा केन्द्रका अध्यक्ष ढापा दोर्जे ह्योल्मोले भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेललाई एक लाखको चेक हस्तान्तरण गरेको ह्योल्मो अभियन्ता टसी दोङ्बा ह्योल्मोले जानकारी दिए । ‘अन्य सहयोग पनि जुटाउ“दैछौ,’उनले भने । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्राधिकरणको अर्काे सूचना: चौतारा, बाह्रविसे र खाडीचौर क्षेत्रमा बत्ती नजाने यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ वडा सचिवको निधन पछि जुगलमा सार्वजनिक बिदा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै