मेलम्ची खानेपानीको गेट फुटेर बगाएका इन्जिनियर सतिश मृत भेटिए

सिन्धुपाल्चोक । मेलम्ची खानेपानीको काठमाडौं पानी पठाउने सुरुङको गेट फुट्दा आएको बाढीले बगाएको आयोजनामा कार्यरत इन्जिनियर सतिश गोहितको शव भेटिएको छ। मेलम्ची नगरपालिकाको वडा नम्बर ११ स्थित पाल्चोकी क्रसर उद्योग नजिक इन्जिनियर गोहितको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए।
मंगलवार सुरुङ फुटेर पानी फर्कदा सवारी चालक राधाकृष्ण थापामगर र इन्जिनियर सतिस गोहितलाई बगाएको थियो । सुरुङको १७ नम्बरको गेट फुट्दा काठमाडौं जानुपर्ने पानी मेलम्ची खानेपानीको मुहान तर्फ नै फर्कदा दुई जना घाइते भएका थिए । मेलम्ची नदिले बगाएको चार मध्ये दुई जनालाई मंगलवार घाइते अबस्थामा भेटिएको घिमिरेले बताए।
घाइते दुई शेखर खनाल र दावा लामालाई उद्धार गरि काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारको लागि पठाइएको निरीक्षक घिमिरेले जानकारी दिए । मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परीक्षण गरिरहेको थियोे ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस