जम्बु बाढी पीडितलाई नगद सहयोग

जम्बु । असार २५ गते राती भीषण बाढीपहिरोले जनधनका क्षति भएका बाहबिसे नगरपालिका ५ जम्बुका पीडितहरुलाई सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले नगद सहयोग गरेको छ । मंगलबार समाजका टोली जम्बु पुगेर पीडितहरुलाइृ एक लाख २० हजार नगद सहयोग गरेका हुन् ।
जम्बु घटनामा परिवारका सदस्य गुमाएका सात घरपरिवारलाई सात हजार पाँच सयका दरले नगद सहयोग गरिएको सामाजिक अभियन्ता सिद्धार्थ खत्रीले जानकारी दिएका छन् । सो घटनामा अति पीडित एक जनालाई पनि नगद प्रदान गरिएको छ । घरबार र परिवारका सदस्य समेत गुमाएका जम्बुका बाढीपहिरो पीडित चरी बहादुर तामाङले उक्त नगद सहयोग प्राप्त भएपछि जीवनयापनमा ठूलो सहजता मिलेको बताए ।
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको सल्लाहकार हस्त बहादुर लामा (आशिष) को संयोजकत्वमा उक्त नगद सहयोग वितरण गरिएको थियो । उक्त सहयोग प्रदान गर्न इन्द्र केसी, बिकास तामाङ, सुवन भण्डारी, सिद्धार्थ खत्री र अर्जुन खत्री जम्बु पुगेका थिए ।
क्याटेगोरी : समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस