बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाजमेलम्चीका घाइतेलाई हेलिकोप्टरबाट काठमाण्डौं लगियो, अझै भेटिएनन् बेपत्ता

मेलम्चीका घाइतेलाई हेलिकोप्टरबाट काठमाण्डौं लगियो, अझै भेटिएनन् बेपत्ता


मेलम्ची ।
मेलम्ची खानेपानीको काठमाडौं पानी पठाउने सुरुङको गेट फुट्दा आएको बाढीले बेपत्ता भएकाहरुलाई खोज्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सुरुङ फुटेर पानी फर्कदा पानीले बगाएका सवारी चालक राधाकृष्ण थापामगर र इन्जिनियर सतिस गोहितलाई खोज्न दोलालघाटसम्म प्रहरी खटिएका छन् ।
काठमाण्डौं जानुपर्ने पानी यतै फर्कदा दुई जना सहित एक गाडी बगाएको छ । दुई घाइते छन् । सुरुङको १७ नम्बरको गेट फुट्दा काठमाडौं जानुपर्ने पानी मेलम्ची खानेपानीको मुहान तर्फ फर्कएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।
घाइते दुई जनालाई उद्धार गरि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि हेलिकोप्टरबाट राजधानी पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी इन्सपेक्टर रामचन्द्र घिमिरेले जानकारी दिए । बेपत्तालाई खोज्न घटनास्थ्लमा २७ जनाको प्रहरी टोली खटिएको छ ।
भेटिन सक्ने सम्भावना भएकाले मेलम्ची, भीमटारदेखि दोलालघाटसम्म प्रहरी परिचालन गरिएको छ । गेट फुटेपछि आएको बाढीले बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएको छ ।
मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परिक्षण गरिरहेको छ । मेलम्ची खानेपानी आयोजना हेलम्बु गाउँपालिकामा पर्छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!