बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठसमाजमाझी बस्तीका लागि उद्योगपति राजेन्द्र खेतानले सभा भवन बनाइदिने

माझी बस्तीका लागि उद्योगपति राजेन्द्र खेतानले सभा भवन बनाइदिने


चौतारा । व्यवसायी तथा अग्रवाल सेवा समाजका अध्यक्ष राजेन्द्र खेतानले सिन्धुपाल्चोकमा निर्माणाधिन एकिकृत नमुना माझी बस्तीमा भव्य सभा भवन बनाइदिने भएका छन् । भवन निर्माणको लागि अग्रवाल सेवा केन्द्र र श्वेताश्री फाउण्डेशनबिच एक औपचारिक कार्यक्रमका बिच लिखित सम्झौता गरिएको छ ।

नायिका श्वेता खड्काद्वारा स्थापित श्वेताश्री फाउण्डेशनको अगुवाईमा सिन्धुपाल्चोकमा निर्माण भईरहेको एकिकृत माझी बस्तीमा सभा भवन बन्ने भएको हो ।

भवन निर्माणको लागि द्विपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गर्दै फाउण्डेशनकी अध्यक्ष श्वेता खड्काले बस्ती विकासको परियोजनाको लागि निजी क्षेत्रको तर्फबाट आएको सहयोग अहिले सम्मकै सबै भन्दा ठुलो भएको बताईन्। अग्रवाल सेवा केन्द्रका अध्यक्ष तथा उधोगपति खेतानको अग्रसरतामा सहयोग प्राप्त भएको बताउँदै नायिका खड्काले अग्रवाल सेवा केन्द्रलाई आफुले साझेदार संस्थाको रुपमा ग्रहण गर्न पाएकोमा खुशी ब्यक्त गरिन् ।

ूप्राविधिक डिजाईन अनुसार भवन निर्माणको लागि ७४ लाख अनुमानित लागत देखिएता पनि उपभोक्ता समिती मार्फत सो भवनलाई ५० लाख भित्रै सम्पन्न गर्न सकिने बताइएको छ । भर्खरै मात्र उपभोक्ता समितिलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १ करोड ३० लाख र बाग्मती प्रदेशले १ करोड गरी जम्मा २ करोड ३० लाख प्रदान गरेको र सो मार्फत ३ करोड बराबरको सडक निर्माण र रेटेनिङ्ग वाल निर्माणको काम भइरहेको छ ।

बस्ती विकासको हरेक प्रकृयामा स्थानीय जनताको सहभागितालाई आत्मसाथ गरेको देखेर आफ्नो फाउण्डेशनसंग धेरै संघसंस्था जोडिन आएको बताउँदै व्यवस्थापक यज्ञराज कार्कीले हालसालै सनराईज बैंकबाट ५ लाख र रक्षा नेपालकी मेनुका थापाबाट ५ लाख सहयोग प्राप्त गरी ढल निर्माणको काम समेत सुरु भईसकेको बताए ।

श्वेताश्री फाउण्डेशन र अग्रवाल सेवा केन्द्र बिच भएको द्विपक्षिय सम्झौता बमोजिम सो सामुदायिक सभा हलको निर्माण कार्य आगामी असोज महिना भित्र सम्पन्न हुनेछ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!