गृहपृष्ठ ∕ समाज ∕ विस्थापितलाई खान बस्नै समस्या विस्थापितलाई खान बस्नै समस्या सिन्धु खबर असार २८, २०७७ गते २१:१३ मा प्रकाशित बाह्रबिसे । भोटकोशी गाउँपालिका ३ लार्चा, फमाचे र थेलामपाखामा शुक्रबार गएको पहिरोमा १७ घर कामै नगाल्नेगरी भत्किएको छ । विस्थापित ६५ घरका मान्छे सुख्खाबन्दरगाहमा बसिरहेका छन् । त्यहां बस्ने २ सय ७ जना छन् । गाउंको सामान झिक्न पाएका छैनन् । धेरैजना किनेर खान सक्ने अवस्थामा छैनन् । महिला, केटाकेटी र बुढाबुढी छन् । गाइवस्तुको अवस्था के छ उनीहरु चिन्तामा छन् । वडाअध्यक्ष कैलाश पौडेलका अनुसार अहिले वडाले सामान्य दाल भातको व्यवस्था गरेको छ । तर बाटो बन्द भएका कारण खाद्यान्न ल्याउन समस्या भएकाले भएका खाद्यान्न सकिन लागेको छ । ‘बाटो छैन भएको सकियो के गरेर खुवाउने चिन्तामा छौं ।’ विस्थापितहरुमध्ये केही गर्भवतीहरुपनि भएको उनले बताए । ‘उनीहरुलाई कतिबेला अस्पताल लानुपर्ने हुन्छ थाहा छैन् उनले भने, बाटो मात्रै खोल्न सके बाह्रबिसे अस्पताल पुर्याउन सकिन्थ्यो ।’ लार्चा बजारका ७ घरजति बस्नै नसक्ने अवस्थामा छ भने फुमाचे र थथेलामा पाखाका १० घर क्षति भएको छ । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे