गृहपृष्ठ ∕ समाज ∕ “लेदाे माटाेले बगाउँदा गुहार मागे, काेही बचाउन अाएनन्, ज्यान जाेगाउन सबै भागे” “लेदाे माटाेले बगाउँदा गुहार मागे, काेही बचाउन अाएनन्, ज्यान जाेगाउन सबै भागे” Sindhu Khabar असार २८, २०७७ गते १३:५३ मा प्रकाशित चित्र मिजार बाह्रबिसे । अघिल्लो दिन खेतबारीको कामले अति थाकेपछि रातभर एक निद्रा पनि नब्युँझी २६ गते बिहानै आँखा खुले । बिहान भीषण वर्षा भइरहेको थियो । त्यति बेला बिहानको ७ बजेको थियो । भीषण वर्षाका कारण बिहान रात परेको जस्तै भएको थियो । भीषण वर्षाले चारैतिरका पहाडमा पहिरो जाला जस्तो भएको थियो । सधैँ पानी परिरहने ठाउँ भएकाले खासै मतलब नगरी घरको कामधन्दामा लागिरहेँ । काम गर्दागर्दै एक्कासि पहाड नै आए जस्तो गरी जमिन थर्कियो । यसो माथितिर हेरेको मात्र के थिएँ, माथिबाट पहाड नै खसे जस्तो गरी बाढीपहिरो र बाक्लो लेदो आयो । त्यसले पुरिएर मरिन्छ भन्ने लागेर तुरुन्तै भागेँ । मभन्दा अगाडि छिमेकी पनि भाग्दै थिए । म पनि उनीहरूसँगै भाग्न थालेँ । मभन्दा अगाडि भाग्ने मान्छेलाई त्यसले छुन सकेन । मलाई भने छपक्कै छोप्यो । म त्यहाँबाट निस्कनै सकिन । साथीहरू कोही पनि मलाई निक(ाल्न आएनन् । सबै ज्यान जोगाउन भागिरहे । मेलै गुहार मागँे, बचाउनोस् भने तर बाढी र माटोको लेदोले मलाई बगाइरह्यो । अब बाँच्दिन भन्ने निश्चित भयो । बगाउँदै गर्दा मेरो टाउको, हातखुट्टा र शरीरका सबै भागमा ठक्कर लाग्यो । मैले भगवान् सम्झन थाले । लेदोले मलाई कहाँ लग्यो थाहा भएन । पछि बेहोस भएछु । होसमा आउँदा घरमुनि करिब ५ सय मिटर तल बारीको पाटामा थिएँ । सो बारीसँगै भोटेकोसी नदी छ । होस खुलेपछि मलाई भगवान्ले बचाउनुभयो, मगरले आँसु झार्दै भने । यी माथिका भनाइ असार २६ गते भोटेकोसी गाउँपालिका–५ को लार्चा भन्ने स्थानमा भीषण वर्षाका कारण बाढी र लेदो माटोले बगाएर बाँच्न सफल ५७ वर्षीय नाप्चे मगरको हो । उनलाई २६ गते बिहानै ७ बजे फुङ्माचे ठाडोखोलाबाट आएको बाढी र लेदोले बगाएको थियो । बाढी रोकिएपछि करिब १० घन्टापछि उनी बगेको ठाँउबाट निस्केर बाँच्न सफल भएको बताउँँछन् । मगरलाई उद्धार गर्न दिनभर लागेको भोटेकोसी गाउँपालिका–३ का वडा सदस्य सार्की लामाले जानकारी दिँदै नाप्चे बाँचेर फर्किदा गाउँ नै रमाएको बतााए । वडा सदस्य लामाका अनुसार मगरलाई अहिले तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा राखेर थप उपचार गरिँदैछ । भोटेकोसी गाउँपालिका–२ का वडा अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले मगरको थप उपचार गर्न राजधानी लैजाने बताए । गाेरखापत्र अनलाइनबाट साभार क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे