गृहपृष्ठ ∕ समाज ∕ बाढी वितण्डा : राति एक जना टर्चले खोला हेर्ने–अर्काे सुत्ने ! बाढी वितण्डा : राति एक जना टर्चले खोला हेर्ने–अर्काे सुत्ने ! Sindhu Khabar असार २७, २०७७ गते १३:५९ मा प्रकाशित खाडीचौर । बुधबार भोटेकोशी नदि जोड्ने खहरे खोलामा आएको बाढीले अहिले पनि नदि किनार नजिकका बासिन्दा राम्ररी निदाउन सकेका छैनन् । पीडितहरु अहिले रातको समयमा बाढीको ड्युटी बस्ने गरेका छन् । अरनिको राजमार्ग अन्तर्गत खाडीचौरका अधिकांश बासिन्दा आधा रात मात्रै सुत्ने गरेका हुन् । राति सुरुमा सुतेका घरका सदस्य उठेपछि अर्काे व्यक्ति सुत्ने गर्ने गरेका छन् । बलेफी गाउँपालिका ५ खाडीचौरमा होटल व्यवसाय गरेर बसेकी रस्मिला कुवँर बाढी आएकै दिनदेखि अनिदों हुन बाध्य बनिन् । सुनकोशी खोला उनको हाटल भएकै घरलाई छुँदै बग्छ । खोलामा पानीकोे वहाव बढ्नासाथ घरभित्रै पानी पस्न सक्ने सम्भावना छ । कुनै पनि बेला बाढी आउन सक्ने भएकाले घरभित्रैको परिवार सदस्य आधा आधा मात्रै सुत्ने गरेको उनले सुनाइन् । उनकाअनुसार एक जना सुत्दा अर्काे व्यक्ति बाढी आउने नआउने हेरेर बस्ने गरिएको छ । ‘बाढीको ड्युटी गर्नुपर्छ, आधा रात मात्रै सुत्ने गरेका छौं’ उनी भन्छिन्, ‘कुनै पनि बेला बाढी आउन सक्ने भएकाले आलोपालो सुत्ने गरेका छौं ।’ उनले बस्ने अर्काे कुनै बैकल्पिक ठाउँ नभएकाले बाढीको ड्युटी बस्नु परेको बाध्यता सुनाइन् । अरनिको राजमार्ग अन्तर्गत रहेको प्रमुुख व्यापारिक बजार खाडीचौरवासी बाढीको त्रासमा छन् । कुनै पनि बेला बाढी आउला कि भन्ने भय उनीहरुमा छ । खोलासँगै जोडिएको घरमा बस्नुपर्ने बाध्यता भएकाले निद्रा माया मार्नुपर्ने अवस्था आएको रस्मिलाको भनाई छ । बर्खाको समयमा तत्कालका लागि बैकल्पिक बास बनाउन समस्या रहेको बाढीपीडित बताउँछन् । घरमा बालबच्चा केटाकेटी तथा बृद्ध बृद्धा हुने भएकाले रातको समयमा बाढी आएको खण्डमा सुरक्षित स्थानमा जान नसकिने भएकाले बाढीका लागि ड्युटी बस्नु परेको हो । खाडीचौरमा व्यवसाय गरिरहेका सम्राट सिं बस्नेत पनि आफूहरुमा बाढीको त्रास रहेको बताउँछन् । उनले बाढी आउन सक्ने खतरा भएकाले निद्राले छोपिहाल्ने सम्भावना भएमा छोटो समयका लागि मोबाइलमा अल्राम राख्ने गरेको बताए । ‘बेला बेलामा पानीको वहाव बढ्यो कि भनेर खोलामा टर्चले हेर्ने गरेका छौं ।’ उनले भने । कुनै पनि बेला बाढी आउन सक्ने भयका कारण बाढीपीडीतले यस्तो समस्या भोग्नु परेको हो । बुधबार राति बाक्लो लेदोसहित ठूला ठूला ढुंगा बगाउँदै बाढी आएको थियो । भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकाका खहरे खोलामा आएको बाढीले तल्लो तटीय क्षेत्रका बासिन्दाले समेत सास्ती भोग्नुपरेको हो । भीमकाय पहिरो जाने खालका बाढीले सबैलाई त्रसित बनाएको हो । ‘नदि किनारका बासिन्दामा बाढीको त्रास छ,’ बलेफी गाउँपालिका वडा नं. ८ का अध्यक्ष चरिबहादुर तामाङले भने, ‘बाढी विर्सन नसकेकाले पीडितहरु बाढीकै ड्युटी गर्नुपर्ने बाध्यतामा छन् ।’ उनले त्रास नहटुञ्जेल सबैमा सुरक्षित रहन र सकेसम्म नदि किनार नजान अनुरोध गरिएको जानकारी दिए । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे