गृहपृष्ठ ∕ समाज ∕ लार्चा पहिरोमा बेपत्ता भएका पुरुष घाइते अवस्थामा भेटिए लार्चा पहिरोमा बेपत्ता भएका पुरुष घाइते अवस्थामा भेटिए Sindhu Khabar असार २७, २०७७ गते १३:०१ मा प्रकाशित तातोपानी । अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका–३ लार्चामा गएको पहिरोमा परेर हिजो (शुक्रबार) बेपत्ता भएका व्यक्ति फेला परेका छन् । पहिरोले पुरेको आशंका गरिएका सोही ठाउँका नाक्चे मगर सामान्य घाइते अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार उनको टाउको र शरिरमा सामान्य चोट छ । उनी हिजोदेखि ढुंगाको चेपमा बसिरहेको प्रहरीको भनाई छ । उनलाई प्रहरी र स्थानीयवासीले फेला पारेका हुन् । उनीसँगै हिजो पहिरोमा आइपुगेका अन्य तीन जना बगाएकोमा २ जना हिजै उम्कन सफल भएका थिए । मगर फेला परेपछि अब बेपत्ताको संख्या २० भएको छ । हिजो साँझ बेपत्तामध्ये एक बालक सुनकोशी नदि किनारमा फेला परेका थिए । उनको पहिचान भएको छ । उनी भोटेकोशी गाउँपालिका ५ बुल्कुटेका फूर्वा तामाङका ६ वर्षिय छोरा रहेको प्रहरीले जनाएको छ । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे