लार्चा पहिरोमा एक पुरुष बेपत्ता, अलपत्र परेकाको उद्धार जारी

तातोपानी । अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका–३ लार्चामा गएको पहिरोमा परेर अन्दाजी ५७ वर्षीय पुरुष आज मध्यान्ह बेपत्ता भएका छन् । लार्चा खोलाको पश्चिम भेगमा पर्ने पोमाटेबस्तीमा गएको पहिराले उनलाई बगाएको वडाअध्यक्ष कैलाश पौडेलले जानकारी दिए ।
तीन जना बगाएकोमा २ जना उम्कन सफल भएपनि सोही ठाउका नाक्चे मगरलाई पहिरोले पुरेको थियो । उनलाई लार्चाखोलाबाट भोटेकोशीमा पुर्याएको अनुमान गरिएको छ । अन्य दुई जना भाग्न सफल भएपनि मगरलाई भने अर्को पहिरो आएर परेकाले बेपत्ता भएको प्रत्यक्षदर्शीले बताए ।
पौडेलका अनुसार बाढीले लार्चाका घरहरु धमाधम क्षति पु¥याउन थालेको छ । कति घर भत्किए यकिन गर्न सक्ने अवस्था छैन, उनले भने, अहिले शसस्त्र प्रहरीले पामाटे बस्तीका वासिन्दालाई उद्धार गरेर सुरक्षित स्थानमा लैजान थालेको छ । लार्चामा घर भएकाहरु भने सुख्खाबन्दरगाहमा बसेका छन् । को कहा“ भन्ने यकिन गर्ने कठिन भएको जानकारी पौडेलले दिए । ‘पानी परिरहेको र जताततै पहिरो गइरहेकोले यहाँको वास्तविक अवस्था बताउने सकिन्न’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले भने यसको पुष्टि अझै गरेको छैन । सुरक्षाकर्मी घटनास्थल प्ुग्न नसकेकाले पुष्टि हुन नसकेको डिएसपी माधवप्रसाद काफ्लेले बताए ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस