गृहपृष्ठ ∕ समाज ∕ मिर्गौला प्रत्यारोपणका लागि खर्च अभाव, सहयोग माग्दै पाल्देन मिर्गौला प्रत्यारोपणका लागि खर्च अभाव, सहयोग माग्दै पाल्देन Sindhu Khabar असार २६, २०७७ गते १०:४१ मा प्रकाशित नवलपुर । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-४ स्थित लामाथोकका पाल्देन लामा हाल जीवनमरणको दोसाँधमा छन् । ३२ वर्षकै उमेरमा दुबै किड्नी फेल भएका उनी खर्च अभावका कारण यस्तो अवस्थामा पुगेका हुन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण पाल्देन धन कमाउन दुई वर्षअघि मलेसिया पुगेका थिए । मलेसिया पुगेपछि स्वास्थ्यमा समस्या देखेर उनलाई तीन महिनामै कम्पनीले नेपाल फर्काइदियो । बौद्धको नयाँ बस्तीमा थाङ्का कोर्दै र लामाको कामकाजमा हिड्दै परिवार पाल्दै आएका पाल्देनका एक श्रीमती र दुई सन्तान छन् । नेपाल फर्केको केही समयमै उसलाई रोगले गाल्दै लग्यो । ‘अस्पताल पुगेर जाँच गर्दा किड्नी फेल भएको रहेछ,’ उनले भने, ‘हप्तामा दुई पटक डायलासिस गर्नुपर्छ ।’ राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा डायलिसस गर्न जाँदा उनको हप्तामा २० हजार रुपैयाँ सकिन्छ । उपचारकै क्रममा १५ लाख खर्च भइसकेको र साथीभाईलाई सहयोगका लागि गुहार मागिरहेका छन् उनी । इन्द्रावती गाउँपालिकाले एक लाख सहयोग गरेको उनले सुनाए । ‘केही वर्ष अझै बाँचेर दुई सन्तानलाई हुर्काउने रहर छ,’ उनले भने । आफ्नै साइलो भाइ उर्गेन सिङ्गे उनलाई मिर्गौला दिन तयार छन् । तर, मिर्गौला प्रत्यारोपणको लागि पर्ने १४ लाख रकम जुटाउन गाह्रो भएको उनले सुनाए । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार हप्तापछि मेलम्ची सुरुङमा पानी हाल्न सकिने इन्द्रावतीका कार्यालय सहयोगीले गरे आत्महत्या सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ लिस्तीमाईमा ३५ लाखमा सतलघर निर्माण धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?