तातोपानीमा पहिरोको डरले विहानैदेखि भागाभाग

बाह्रबिसे– अबिरल वर्षाका कारण सिन्धुपाल्चोकको तातोपानी र आसपासका क्षेत्रका वासिन्दाको भागामाग भएको छ । बजारको मुख्य भागमा आज विहान ढुंगा झरेर केही घरलाई क्षति पु¥याएको छ भने लार्चा खोला नजिकैका बस्तीहरुलाइ माटोले पुरिन थालेको छ ।
लार्चा खोलाको पश्चिमतर्फको भित्तामा बासोबास गर्दै आएका स्थानीय घरबाट भागेर डाँडाडाँडामा निस्केका छन् । उनीहरुले आफूहरु बसेको ठाउँ सुरक्षित नभएकाले उद्धार गर्न अनुरोध गरेका छन् । जताततै पहिरो नरोकिएकाले उनीहरु भागेर अन्यत्र जाने अवस्था नभएको स्थानीय विष्णुबहादुर श्रेष्ठले जानकारी दिए । लार्चा बजारका स्थानीय भने सुरक्षाका लागि सुख्खाबन्दर्गाहमा गएका छन् । लार्चामा २०५३ सालमा पहिराले ५४ जनाको ज्यान लिएको थियो । भूकम्पले बढी क्षति गरेको उक्त स्थानमा हिउदमासमेत सुख्खा पहिरो आएको स्थानीयको भनाई छ । प्रमुख जिल्ला अधिकारी उमेश ढकालले स्थानीय प्रहरी र सेनालाई खबर गरेको जानकारी दिए ।
तातोपानी बजारको माथिल्लो भागको पहरो फुटेर झरेको ढुंगाले नविन शेर्पाको घरमा क्षति प¥याएको छ । दिलिप श्रेष्ठको घरमा ढुंगा पसेको छ । भोटेकोशी गाउ“पालिका–२ का वडाअध्यक्ष दिपेन्द्रकुमार श्रेष्ठका अनुसार बाक्लो बस्ती भएको बजारमै पहिरो खस्न थालेपछि स्थानीय आतंकित भएका छन् । उनका अनुसार अरनिको राजमार्गको दशकिलो, घट्टेखोला, कोदारीडाँडाको कामी गाउँ क्षेत्र जोखिममा परेको छ ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस