गृहपृष्ठ ∕ समाज ∕ जम्बु बाढी : सभामुख सापकोटा र मन्त्री दुलाल घटनास्थलमा जम्बु बाढी : सभामुख सापकोटा र मन्त्री दुलाल घटनास्थलमा Sindhu Khabar असार २५, २०७७ गते १३:५४ मा प्रकाशित बाह्रविसे । मध्यरातमा अरनिको राजमार्गको जम्बुमा आएको बाढीले घाइते बनाएकाहरुको उद्धारका लागि सभामुख अग्नी सापकोटा र वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल घटनास्थल पुगेका छन् । यसअघि एकको हेलिकोप्टरबाट उद्धार गरिएको छ । नेकपा केन्द्रीय सदस्य माधव सापकोटा र नेपाली कांग्रेसका नेता विष्णु खत्रीको टोलीले घाइतेलाई उपचारका लागि काठमाण्डौं लगेका हुन् । मन्त्री दुलालले बाढीले सडक कटान गरेका कारण हवाई मार्गबाट घाइतेको उद्धार गर्नुपर्ने अवस्था भएकाले हेलिकोप्टर लिएर आएको बताए । घटनास्थल जाने बाटो पहिराले अवरुद्ध छ । नेपाली सेना र प्रहरी उद्धारमा खटिएको छ । बाह्रबिसे बजारबाट करिव ३ किमि तातोपानीतर्फको जम्बुबस्तीको करिव आधा भाग बगाएको छ । दुई जनाको शव फेला परेको छ भने कम्तिमा १८ जना वेपत्ता छन् । घटनास्थलमा २० वर्षीय निकेश बस्नेत र उनको तीन वर्षीया छोरीको शव फेला परेको छ । निकेशकी श्रीमती भने भाग्दाभाग्दै बांचेकी थिइन् । मध्यभोटेकोसी विद्युत आयोजानको पावरहाउस निर्माणको क्रममा सामान स्टोरका लागि वनाएइका संरचनालाई पहिराले पुरेको छ । स्थानीयका अनुसार बाढी आएको थाहा पाएपछि बजारबासीको रातारता भागाभाग भएको थियो । राती १२ बजे आएको बाढीले कम्तिमा १५ घर बगाएको छ । ठाठो खोलाले लेदो माटो र ढुंगा बगाएर ल्याएपछि बस्ती बगाएको थियो । राती करिव १२ बजे बाढी कारण आएकाले सवै सुतेको अवस्थाका भाग्न कठिन भएको स्थानीयको भनाई छ । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लिस्तीमाईमा ३५ लाखमा सतलघर निर्माण सहर बन्दै सिन्धुपाल्चोकका गाउँ, जिल्लाभर २९ एकीकृत नमुना बस्ती मेलम्चीकी थापा सेनामा प्रतिविद्राेह तथा जंगल युद्धकलाकाे तालिम गर्ने पहिलाे… युएईमा थुम्पाखरका सुदिपकाे मृत्यु धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८फेरि बन्द हुने भयाे ताताेपानी नाका