गृहपृष्ठ ∕ समाज ∕ सिन्धु प्रशासनले भन्यो, `बिहीबारबाट भारी वर्षा हुन्छ सतर्क रहनु` सिन्धु प्रशासनले भन्यो, `बिहीबारबाट भारी वर्षा हुन्छ सतर्क रहनु` सिन्धु खबर असार २४, २०७७ गते २१:१५ मा प्रकाशित चौतारा । जल तथा मौसम विज्ञान विभागका अनुसार न्युन चापीय रेखा नेपालको भुभाग नजिक रहेकाले बिहीबार (असार २५) बाट मनसुन थप सक्रिय भई लगातार बर्षा हुने सम्भावना रहेकाले सुरक्षित रुपमा रहन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सबै जिल्लावासीमा अनुरोध गरेको छ । आज प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालद्धारा हस्ताक्षरित सूचनामा भारी बर्षाका कारण नदीहरुमा पानीको बहाव बढ्ने, तटीय क्षेत्रमा डुबान हुने, भूक्षय तथा पहिरो जाने, साथै सडक यातायात प्रभावित हुन सक्ने संभावना रहेकाले सचेत रहन सिन्धुवासीहरुलाई अनुरोध गरेको हो । प्राकृतिक प्रकोपको जोखिम न्यूनिकरण, नियन्त्रण तथा आपतकालीन व्यवस्थापनका लाग जिल्ला विपद् व्यवस्थापन सम्बद्ध सबै कार्यालयहरुलाई विपद व्यवस्थापन समितिको बैठक राखि तयारी अस्थामा रहन निर्देशन दिएको सूचनामा उल्लेख छ । जिल्लाका सबै स्थानीय तह, सरोकारवालाहरु तथा सुरक्षा निकायहरुलाई विपद जोखिम न्यूनिकरण कार्यमा उच्च सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । साथै केही समस्या आएमा नजिकैको सुरक्षा निकायमा तुरुन्त खबर गर्नपनि सम्पुर्ण सिन्धुवासीमा प्रशासनले अनुरोध गरेको छ । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता इन्द्रावतीमा विद्युत चोरी गरे सुविधा रोक्का, काठको पोलमुक्त बनाइँदै महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह पत्रकार महासंघको ‘१३ बुँदे हेलम्बु घोषणापत्र’ जारी, यस्ता छन् निर्णय धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ६फेरि बन्द हुने भयाे ताताेपानी नाका ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा