Techie IT
Wednesday, January 27,2021 / बुधबार, माघ १४, २०७७
×
गृहपृष्ठसमाजपहिरोले बलेफि जलवीरे सडक अवरुद्ध

पहिरोले बलेफि जलवीरे सडक अवरुद्ध


चौतारा । बलेफि गाउँपालिकामा पर्ने बलेफी जलवीरे सडकमार्ग पहिरोको कारण अवरुद्ध भएको छ । अरनिको राजमार्गअन्तर्गत पर्ने यो सडक पहिरोको कारण आज बिहानदेखि अवरुद्ध भएको हो ।

जलवीरे, ढाडे चनौटे, गुम्बा, पाङताङ, डल्लेपोख भेगका मानिसहरुले प्रयोग गर्ने सडक हो । उक्त सडक अवरुद्ध हुँदा बीच बाटोमा गाडीहरु अलपत्र परेका छन् ।

आज रातिको भीषण वर्षाका कारण पहिरो गएको स्थानीयवासी बताउँछन् । पहिरोमा लेदो बगेर बाटो अवरुद्ध भएको हो ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार