गृहपृष्ठ ∕ समाज ∕ मुहानकै गाउँपालिकालाई सुरुङमा पानी हालेकाे थाहा नदिएपछि आपत्ति मुहानकै गाउँपालिकालाई सुरुङमा पानी हालेकाे थाहा नदिएपछि आपत्ति Sindhu Khabar असार २२, २०७७ गते १८:०४ मा प्रकाशित हेलम्बु । राष्ट्रिय गौरवका आयोजनामा स्थानीयवासी र सरकारसँग समन्वय गर्नुपर्ने संविधानमा उल्लेख हुँदा पनि जानकारी बिना मेलम्चीको सुरुङमा पानी हालेकोमा हेलम्बु गाउँपालिकाले आपत्ति जनाएको छ । सुरुङमा पानी हालेर नेपालको संविधानको धारा २३२ ले सुनिश्चित गरेको तिनै तहको सरकार बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने भन्ने कुराको विपरीत भएकोले स्थानीय सरकार र स्थानीयवासीलाई वेवास्ता गरेको प्रमाणित भएकाले हेलम्बु गाउँपालिकाले ध्यानाकर्षण गरेको हो । गाउँपालिकाले आज प्रेस विज्ञप्ति सार्वजनिक गर्दै मेलम्चीको पानी काठमाण्डौं पठाउने महत्वपूर्ण काममा स्थानीयवासी र सरकार बेखबर भएकोमा ध्यानाकर्षण गराएको हो । गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाद्धारा हस्ताक्षरित विज्ञप्तिमा हेलम्बु गाउँपालिका क्षेत्र भित्र पर्ने प्राकृतिक श्रोत खानेपानीको मुहान रहेको निर्माणधिन मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट काठमाडौंमा पानी पठाउनको लागि उद्घाटन गरिएको बारे स्थानीय सरकार र स्थानीयवासीले विभिन्न सञ्चार माध्यमबाट मात्र थाहा पाएको उल्लेख छ । मेलम्ची खानेपानी आयोजनाले एउटा जिम्मेवार स्थानीय सरकारसँगको समन्वय, सहकार्य र नगरेको बताए । काठमाडौँ उपत्यका बासीकोे घर घरमा यथासिघ्र हेलम्बुको स्वच्छ र सफा जल पुर्याउन आफ्नो क्षेत्रबाट तत्पर रहेकोमा बिना समन्वय उद्घाटन हुँदा आफूहरु अपहेलित भएको उनको भनाई छ । ‘स्थानीय सरकारको अहम भूमिका, समन्वय र सहयोग अतिआवश्यक रहने यस राष्ट्रिय गौरव आयोजनामा स्थानीय सरकार र स्थानीयवासीलाई निरन्तर संग्लन नगराउने सम्पूर्ण कार्यहरु प्रति घोर आपत्ति जनाउदै यस्ता अनुचित र गैरजिम्मेवार कार्य विरुद्ध आगामी दिनहरुमा सहयोगको लागी असहज वतावरण सिर्जना गर्न स्थानीय सरकार र स्थानीयवासी बाध्य हुनेछ र यसको सम्पूर्ण जिम्मेवारी उक्त आयोजना र सो संग सम्बन्धित निकायले व्यहोर्नु पर्नेछ ।’ बिज्ञप्तिमा उल्लेख छ । मेलम्चीले सुरुङमा पानी हालेको खबर मुहानकै गाउँपालिकालाई थाहा नहुनु अचम्म भएको अध्यक्ष शेर्पा बताउँछन् । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे