धुस्कोटमा खुकुरी प्रहारबाट एक गम्भीर घाइते

चौतरा । बलेफि गाउँपालिका ३ धुस्कोटका एक पुरुषमाथि खुकुरी प्रहार भएको छ । वडा नम्बर ३ का ५५ वर्षीय शिरुपाते तामाङ खुकुरी प्हारबाट गम्भीर घाइते भएका छन् ।
उनलाई बाटोमा हिडिरहेको समयमा स्थानीय २८ वर्षीय गोविन्द तामाङले शुक्रबार खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका हुन् ।
टाउकोमा गम्भीर चोट लागेका शिरुपातेको चौतारा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोविन्द फरार रहेको र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय जलबिरेले जानकारी दिएको छ ।
क्याटेगोरी : समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस