इन्द्रावतीमा ११ महिनाकी बालिकासहित तीन जनामा कोरोना, संक्रमितको संख्या ३५ पुग्यो

चौतारा । इन्द्रावतीमा ११ महिनाको बालिकासहित तीन जनामा कोरोना संक्रमण देखिएको छ । इन्द्रावती गाउँपालिका १२ का ११ महिनाको बालिकासहित २६ र २३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले पुष्टि गरे ।
उनीहहरुमध्ये दुई पुरुष स्याङजाबाट आएका थिए भने बालिका भारतबाट आएकी हुन् । दुई जना पुरुष असार ७ गते स्याङजाबाट सिन्धुपाल्चोक आएर इन्द्रावतीको भीमेश्वर माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका थिए । ११ महिनाकी बालिका भने आफ्ना आमा बुबासँगैं असार ९ गते आएकी थिइन् ।
उनी इन्द्रावतीको ढोटार आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेकी थिइन् । उनीहरुको असार १५ गते स्वाब संकलन गरि परीक्षणका लागि टेकु प्रयोगशाला पठाइएको थियो । आज आएको रिपोर्टमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।
उनीहरुलाई मेलम्चीमा रहेको आइसोलेसन वार्डमा लाने तयारी भइरहेको जनस्वास्थ्य अधिकृत चपागाईले जानकारी दिए । यो सँगै सिन्धुपाल्चोकमा ३५ जनामा कोरोना संक्रमण देखिएको छ । १८ जना निको भएर घर फर्केका छन् भने एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
क्याटेगोरी : समाज, स्वास्थ्य/शिक्षा
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस