Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाजसंक्रमित कैदीबन्दीलाई थप उपचारका लागि काठमाडौं पठाइयो, कारागारमा आवतजावत निषेध

संक्रमित कैदीबन्दीलाई थप उपचारका लागि काठमाडौं पठाइयो, कारागारमा आवतजावत निषेध


चाौतारा । कोरोना संक्रमण देखिएका कैदीबन्दीलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । उनको कोरोनाको उपचार र गालामा भएको घाउँको थप परीक्षणका लागि आज काठमाडौं पठाइएको हो। उनलाई शसस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाइएको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

देब्रे गालामा घाउ आएका उनको चौतारा अस्पतालमा उपचार हुन नसकेपछि उपचारका लागि काठमाडौं पठाउन स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको थियो । हिजो आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो । कैदीबन्दीमा कोरोना देखिएपछि जिल्ला कारागारमा रहेका कैन्दी बन्दीको कन्ट्याक्ट ट्रेसिङबाट स्वाब संकलन सुरु गरिएको छ । आज ३४ कैदीबन्दी र चार जना प्रहरीको स्वाब संकलन गरिएको प्रनाउ काफ्लेले बताए ।

कैदीबन्दीलाई के कसरी कोरोना संक्रमण भयो भन्ने खुल्न सकेको छैन् । कैदीबन्दीलाई नै कोरोना संक्रमण भएपछि कारागारमा भेटघाट निषेध गरिएको छ । आजको जिल्ला कोभिड-१९ विपद व्यवस्थापन केन्दको बैठकले कारागार आफै शील भएकाले कैदीबन्दीका आफन्त भेटघाटमा निषेध गर्ने निर्णय गरेको हो । कारागारका कैदीबन्दीलाई संक्रमण फैलिन नदिन थप सतर्कता अपनाइएको छ । कारागारमा हाल १ सय २२ जना कैदीबन्दी छन् ।


क्याटेगोरी : समाज, स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!