इन्द्रावती समाजको कार्यक्रममा ३४ जनाले रक्तदान गरे

चौतारा । भक्तपुरमा भएको रक्तदान कार्यक्रम ३४ जनाले रक्तदान गरेका छन् । इन्द्रावती समाज सिन्धुपाल्चोक र डिएक्सएन भक्तपुरको संयुक्त आयोजनामा आज सूर्यविनायकमा भएको कार्यक्रममा ३४ जनाले रक्तदान गरेको इन्द्रावती समाजका अध्यक्ष भूपेन्द्र बहादुर थापाले जानकारी दिए ।
कोरोना महामारीमा रगत अभाव हुने भएकाले रक्तदान कार्यक्रमको आयोजना गरेको समाजका अध्यक्ष थापाले बताए । रक्तदान कार्यक्रममा सिन्धुपाल्चोकबाट काठमाडौं आएर बसोबास गर्नेहरु रक्तदानमा सहभागी भएका थिए ।
क्याटेगोरी : समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस