शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाजहेलम्बुका विपन्न वर्ग र दिर्घ रोगीलाई दयाका हातहरुको सहयोग

हेलम्बुका विपन्न वर्ग र दिर्घ रोगीलाई दयाका हातहरुको सहयोग


श्याम शर्मा एलसी, हेलम्बु ।
हेलम्बु गाउँपालिकामा विपन्न वर्गका लागि स्वरोजगार र कोरोना नियन्त्रणका लागि एक सामाजिक संस्थाले विविध सहयोग प्रदान गरेको छ । ललितपुरमा रहेको दयाका हातहरु नेपाल नामक संस्थाले गाउँपालिकाका लागि सहयोग गरेको हो ।

संस्थाले विपन्नका लागि स्वरोजगार बनाउन नगद दुई लाख रुपैयाँ हस्तान्तरण गरेको छ । त्यस्तै कोरोना नियन्त्रणका लागि पीपीई सेट, पन्जासहित स्वास्थ्य सामग्री र दिर्घ रोगीका लागि प्रयोग हुने पाँच लाख रुपैयाँ बराबरको औषधि सहयोग गरिएको हो ।

नगदसहितका सामग्री गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा र स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देललाई संस्थाले हस्तान्तरण गरेको हो । सहयोग प्रदान गर्न संस्थाका प्रोगाम म्यानेजर कृष्णकुमार दाहाल र सिनियर अफिसर रामनाथ राउत हेलम्बु पुगेका थिए ।

स्वास्थ्य सामग्रीमा के एन ९५ माक्स पाँच सय थान, पीपीई सेट २८ थान प्रदान गरिएको हो । सहयोगले विपन्न वर्गका साथै दिर्घ रोगीहरुलाई राहत पुगेको गाउँपालिका अध्यक्ष शेर्पाले प्रतिक्रिया दिए ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!