मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठसमाजबाह्रबिसेका मनकारी घरबेटी

बाह्रबिसेका मनकारी घरबेटी


चित्र मिजार ।

बाह्रबिसे । कोभिड १९ का कारण लकडाउन भएपछि सटर र घरभाडामा बस्नेहरुलाई कसरी बाहाल तिर्ने भन्ने चिन्ता छ । न कुनै कमाई छ, न सटर खोलेर ब्यापार, ब्यबसाय गर्न पाइएको छ । यस्तै चिन्ताले सटर र घर भाडामा बस्नेहरुलाई दिनरात सताइरहन्छ ।

यस्तै चिन्तामा रहेकालाई बाह्रबिसे नगरपालिका ९ राम्चे बजारका मनकारी घरबेटीले दुई महिनाको सटर भाडा छुट दिएर उदारणीय काम गरेका छन् । स्थानीय घरबेटी बलदेव शिवाकोटीले आपनो घरको सटरमा साँकुरा चस्मा पसल संचालन गर्दे आएका ब्यबसायीलाई सटर भाडा छुट दिएर जिल्लामै उदारणीय र मनकारी घरबेटीमा दर्जिएका छन् ।

कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले गरेको लकडाउनमा दुई महिना भन्दा बढी समय सटर बन्द गरेर बस्नु पर्दा कुनै ब्यापार नभएकोले उक्त साँकुरा चस्मा पसललाई दुई महिना बराबरको १८ हजार सटरभाडा मिनाहा गरिदिएको घरबेटी शिवाकोटीले जानकारी दिएका छन् । शिवाकोटीले चैत र बैशाख महिनाको सटर भाडा छुट दिएपछि बाह्रबिसे बजारका अरु घरबेटीले पनि बाहाल छुट दिन लागेका छन् ।

सरकारले एक महिनाको बाहाल छुट दिन घरबेटीहरुलाई आग्रह गरेको छ तर शिवाकोटीले दुई महिनाको बाहाल मिनाहा गरेका छन् । शिवाकोटीको कामको स्थानीयले प्रशंशा गरेका छन् । साँकुरा चस्मा पसलका संचालक नवराज मैनालीले सटरभाडा छुट दिएपछि ठूलो राहात मिलेकोमा खुशी ब्यक्त गरे ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!