बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाज`छापा पत्रकारिता लोप हुने अवस्थामा`

`छापा पत्रकारिता लोप हुने अवस्थामा`


चौतारा । प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले छापा पत्रकारिता लोप हुने अवस्थामा पुगेको बताएका छन् । उनले युटुबर र अनलाइनका कारण छापा पत्रकारिता लोप हुने अवस्थामा पुगेको बताएका हुन् ।

चौतारामा प्रेस काउन्सिल नेपालले आयोजना गरेको साहित्यक पत्रकारिता र पत्रकार आचारसंहिता कार्यक्रममा बोल्दै श्रेष्ठले पत्रकारले तलब नपाएका भन्दै आत्महत्या गर्नुपरेको उदाहरण दिँदै अब पत्रकारले पनि आफूलाई व्यवसायिक र समयसापेक्ष बनाउनुपर्नेमा जोट दिए ।

विविध कारणले विज्ञापन क्षेत्र ओरोलो लाग्दै गरेको कारण सञ्चार क्षेत्र समस्यामा परेकाले पत्रकारिताको पहिचानका लागि पत्रकारले मेहनेत गर्नुपर्नेे समय आएको उनले बताए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारी, चेतनाथ धमलाले पत्रकारिताको विषयमा चर्चा गरेका थिए ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!