गृहपृष्ठ ∕ समाज ∕ व्यक्तिगत रुपमा घिमिरे परिवारद्वारा मजदुरलाई खाद्यान्न व्यक्तिगत रुपमा घिमिरे परिवारद्वारा मजदुरलाई खाद्यान्न Sindhu Khabar जेठ १०, २०७७ गते १३:२४ मा प्रकाशित चौतारा । कोरोना भाइरस (कोभिड १९) नफैलन गरिएको लकडाउन लम्बिदैं गएपछि खाद्य संकट भोगेका अति विपन्न मजुदरलाई एक परिवारले खाद्यान्न सहयोग गरेका छन् । कोरोनाका कारणले दैनिक ज्याला मजदुरीको कामकाज गरेर जीवन यापन गर्नेहरुलाई परेको खाद्य संकटलाई सहयोग गर्ने हेतु चौतारा नगरपालिका ५ का तुलाराम घिमिरे र अमित घिमिरेको परिवारले १५ जना अति खाद्य विपन्नमा परेकाहरुलाई खाद्यान्न सहयोग गरेका हुन् । घिमिरे परिवारले जनही १ बोरा चामल, २ केजी दाल, १ लिटर तेल, १ पोका नून चौतारा नगरपालिका ५ का दैनिक मजदुरी गरी जीवन धान्दै आएकाहरु जो अहिले संकटमा छन् उनीहरुलाई वितरण गरे । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ सँग समन्वय गरी उक्त सहयोग गरिएको हो । वडा नं ५ का वडाध्यक्ष नरमान श्रेष्ठ, वडा सदस्य कोमलबहादुर श्रेष्ठ, पत्रकार जीवन श्रेष्ठ र टीका दाहालको रोहोवरमा उक्त खाद्यान्न वितरण गरिएको हो । यो संकटको समयमा अति खाद्य अभावमा रहेका परिवारलाई यो सानो सहयोग गर्न पाउदा खुशी लागेको तथा आफ्ना संन्तानले विपद्मा आफू मात्र बाँच्ने हैन अरुलाई पनि बचाउनु पर्छ भन्ने संस्कार सिकून भन्ने उद्देश्य रहेको सहयोग गर्ने तुलाराम घिमिरे बताए । साहित्यकार तथा पत्रकार अमित घिमिरेले लकडाउन शुरु भएदेखि गल्लीका आवारा कुकूरहरुलाई दैनिक १ समय खुवाउने गरेका छन् । लकडाउन भएपछि यी मालिक नभएका कुकुरहरु खान नपाएर मर्ने डर भएकाले एकै छाक भए पनि खुवाउन सकियो भने उनीहरुको उद्धार हुने अमितले बताए । ‘घिमिरे परिवारको कार्यको अनुशरण हामी सबैले गर्नुपर्छ । दैनिकी ज्याला मजदुरी गरेर जीवन चलाईरहेकाहरुलाई अहिले परेको चरम खाद्य संकटमा गरिएको यो कार्य उच्च मानवीयताको कार्य हो ।’ वडाध्यक्ष नरमान श्रेष्ठले भने । वडाको पहलमा यसअघि त्यस प्रकारका खाद्य संकट भएका परिवारलाई राहत दिईएको थियो । व्यक्तिगत तवरमा घिमिरे परिवारले गरेको यो सहयोगले १५ घर परिवारलाई धेरै राहत हुने छ । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे