गृहपृष्ठ ∕ समाज ∕ राहत लिन सामाजिक दुरी कायम राहत लिन सामाजिक दुरी कायम Sindhu Khabar जेठ ८, २०७७ गते १५:३६ मा प्रकाशित तातोपानी । कोरोना भाइरस (कोभिड १९) संक्रमणबीच विपन्न वर्गका मजदुरलाई खाद्य संकट हुने देखिएपछि भोटेकोशी गाउँपालिकाले वडापिच्छै विपन्न श्रमिकलाई राहत वितरण गरेको छ । कोभिड १९ का कारण लकडाउनपपछि ज्याला मजदुरी गर्न नपाउदा बेर्खची बनेका असंगठित मजदुर र श्रमिकलाई अभाव भएलगत्तै चामल, दाल, नुनतेल लगायतका सामाग्री उपलब्ध गराएको हो । भोटेकोसी गाउँपालिका वडा २, ३ र ५ वडाका ९ सय १९ जनालाई गाउँमै पुगेर स्वास्थ्य परीक्षण गरेर निश्चित दुरी कायम गरेर राहत वितरण गरिएको भोटकोशी गाउपालिकाका अध्यक्ष राजकुमार पौडेलले हस्तान्तरण गरे । यसअघि निजी रुपमा काठमाण्डौको बौद्ध नय“ा बस्ती आसपासमा बसिरहेका भोटेकोशीकै बासिन्दालाई दाल चामल, नुन तेललगायतका खाद्यन्न बाडेका उनले लडकडाउनमा काम गर्न नपाएपछि खानको लागि समस्या भएको पाइएपछि स्थलगत पुगेर दुई दर्जन परिवारलाई खाद्यन्न सामाग्री दिइएको हो । ‘जनप्रतिनिधि सबै कोरोना अभियानमा कस्सिनुभएको छ, यसअन्र्तगछ सबैको छलफलपछि राहत वितरण गरिएको हो ,बाकी १ र ४ मा पनि चाडै राहत बाड्नेछौ,’ अध्यक्ष पौडेलले भने । उनले भोटेकोशी क्षेत्रमा हुनसक्ने खाद्य संकट टार्न तंथ्याक संकलन अन्तिम चरणमा पुग्न लागेको बताए । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार हप्तापछि मेलम्ची सुरुङमा पानी हाल्न सकिने इन्द्रावतीका कार्यालय सहयोगीले गरे आत्महत्या सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ लिस्तीमाईमा ३५ लाखमा सतलघर निर्माण धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?