गृहपृष्ठ ∕ समाज ∕ यसरी गरिदैंछ राम्चे र बाह्रविसेमा स्वाब संकलन (फोटोफिचर) यसरी गरिदैंछ राम्चे र बाह्रविसेमा स्वाब संकलन (फोटोफिचर) Sindhu Khabar जेठ ५, २०७७ गते १६:३३ मा प्रकाशित बाह्रविसे । कोरोना संक्रमणका कारण मृत्यु भएकी सुत्केरीको गाउँमा कन्ट्याक्ट् ट्रेसिङ गरी हालसम्म एक सय ६ जनाको स्वाब संकलन गरिएको छ । मृत्यु भएकी सुत्केरी महिलाको गाउँ बाह्रविसे नगरपालिका ९ स्थित राम्चेबाट सुरु गरिएको स्वाब संकलन आज बाह्रविसेमा गरिदैंछ । हिजो राम्चेमा गरिएको ५४ जनाको स्वाब परीक्षणका लागि काठमाण्डौं पठाइसकिएको छ । हिजोको स्वाको रिपोर्ट आज साँझसम्म आइपुग्ने जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए । स्वाब संकलन क्रम जारी रहेको छ । चापागाईंकाअनुसार मृत्यु भएकी महिलासँग सम्पर्कमा रहेका परिवार, आफन्त र स्थानीय र स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको हो । उनकाअनुसार सोमबार राम्चे, बाह्रविसे बजार र प्राथमिक स्वास्थ्य चौकी बाह्रविसेका स्वास्थ्यकर्मीको स्वाब नमूनाका दिइएको हो । यी बाहेक कन्ट्याक्ट् ट्रेसिङ गरि थप व्यक्तिको स्वाबसमेत लिइने उनले जानकारी दिए । सुत्केरी गाउँमा आएपछि उनलाई भेट्न आउने आफन्त, स्थानीय र परिवारलाई पहिलो प्राथमिकतामा राखी स्वाब संकलन गरिएको थियो । ‘हामी मृत्यु भएकी महिलाको सम्पर्कमा आएका सबैको स्वाब लिनेछौं, कसैलाई छाड्दैनौं,’ चापागाई भन्छन्, ‘सम्पर्कमा आएका व्यक्ति नसकिएसम्म यो क्रम जारी रहनेछ ।’ स्वाब संकलनका लागि जिल्ला स्वास्थ्य कार्यालय र चौतारा अस्पतालको टोली राम्चे पुगेको थियो । राम्चेलगायत सो क्षेत्रमा संक्रमण फैलन नदिन उच्च सतर्कत अपनाइएको छ । सो क्षेत्रमा बाहिरका मान्छेले प्रवेश नपाउने र त्यहाँका स्थानीयलाई गाउँ बाहिर जान दिइएको छैन । घर भित्रै रहन सो गाउँमा माइकिङ गरि अनुरोध गरिएको छ । एक आपसमा भेटघाट नगर्न गाउँवासीलाई सुझाएको चापागाईंले जानकारी दिए । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्राधिकरणको अर्काे सूचना: चौतारा, बाह्रविसे र खाडीचौर क्षेत्रमा बत्ती नजाने यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ वडा सचिवको निधन पछि जुगलमा सार्वजनिक बिदा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै