शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाजराम्चेमा पहिलो दिन ५४ जनाको स्वाब संकलन, रिपोर्ट भोलि साँझ आउने

राम्चेमा पहिलो दिन ५४ जनाको स्वाब संकलन, रिपोर्ट भोलि साँझ आउने


बाह्रविसे ।

कोरोना संक्रमणका कारण मृत्यु भएकी सुत्केरीको गाउँमा कन्ट्याक्ट् ट्रेसिङ गरी आज (आइतबार) पहिलो दिन ५४ जनाको स्वाब संकलन सुरु गरिएको छ । मृत्यु भएकी सुत्केरी महिलाको गाउँ बाह्रविसे नगरपालिका ९ स्थित राम्चेबाट सुरु गरिएको स्वाब संकलन परीक्षणका लागि काठमाण्डौं पठाइसकिएको छ ।
सुत्केरीको गाउँमा गरिएको स्वाबको रिरपोर्ट भोलि (सोमबार) साँझसम्म आइपुग्ने जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए । स्वाब संकलन क्रम जारी रहेको छ । चापागाईंकाअनुसार मृत्यु भएकी महिलासँग सम्पर्कमा रहेका परिवार, आफन्त र स्थानीयको स्वाब संकलन गरिएको छ ।
भोलि पनि स्वाब संकलन हुनेछ । उनककाअनुसार भोलि राम्चे, बाह्रविसे बजार र प्राथमिक स्वास्थ्य चौकी बाह्रविसेका स्वास्थ्यकर्मीको स्वाब नमूनाका लागि लिइनेछ । यी बाहेक कन्ट्याक्ट् ट्रेसिङ गरि थप व्यक्तिको स्वाबसमेत लिइने उनले जानकारी दिए ।
सुत्केरी गाउँमा आएपछि उनलाई भेट्न आउने आफन्त, स्थानीय र परिवारलाई पहिलो प्राथमिकतामा राखी स्वाब संक्लन गरिएको थियो । ‘हामी मृत्यु भएकी महिलाको सम्पर्कमा आएका सबैको स्वाब लिनेछौं, कसैलाई छाड्दैनौं,’ चापाईंगाई भन्छन्, ‘सम्पर्कमा आएका व्यक्ति नसकिएसम्म यो क्रम जारी रहनेछ ।’
स्वाब संकलनका लागि जिल्ला स्वास्थ्य कार्यालय र चौतारा अस्पतालको टोली राम्चे पुगेको थियो । उनीहरुसँगै बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, मन्त्रालय महाशाखाका प्रमुख, विभागका उपनिर्देशक, स्थानीय जनप्रतिनिधि लगायत थिए ।
राम्चेलगायत सो क्षेत्रमा संक्रमण फैलन नदिन उच्च सतर्कत अपनाइएको छ । सो क्षेत्रमा बाहिरका मान्छेले प्रवेश नपाउने र त्यहाँका स्थानीयलाई गाउँ बाहिर जान दिइएको छैन । घर भित्रै रहन सो गाउँमा माइकिङ गरि अनुरोध गरिएको छ । एक आपसमा भेटघाट नगर्न गाउँवासीलाई सुझाएको चापागाईंले जानकारी दिए ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!