शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाजनिधन भएकी महिलाको गाउँमा `शील` गर्ने तयारी, घरमै पुगे सुरक्षाकर्मी

निधन भएकी महिलाको गाउँमा `शील` गर्ने तयारी, घरमै पुगे सुरक्षाकर्मी


चौतारा । धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाउँमा शील गर्ने तयारी हुँदैछ । उनको घर भएको राम्चे ठोट्नेरी गाउँमा यतिबेला सेना र प्रहरी पुगेको छ । उनीहरुले ठोट्नेरी गाउँमा मान्छे आउन र जान नदिने भएका छन् । अधेरी खोला र राम्चे जाने बाटोसम्मको बीच भागमा मानिस आउजाउ थर्न निषेध गरेको स्थानीयले बताएका छन् ।

सुरक्षाकर्मीले स्थानीयलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् । सुरक्षाकर्मीले माथिबाट कुनै आदेश आएको छैन तर सावधानीका लागि घरबाहिर ननिस्किदिनुस भनेर अनुरोध गरेको स्थानीयले बताए । जिल्लामा त्यस क्षेत्रलाई शील गर्ने विषयमा आकस्मिक बैठक बसी छलफल चलिरहेको छ । आफ्नो करेसाबारी भन्दा बाहिर नजान सुरक्षाकर्मीले आग्रह गरेका हुन् । स्थानीयले पनि सुरक्षाकर्मीको कुरा मानेर घरभित्रै बसेका छन् ।

गाउँमा एक किसीमको त्रास फैलिएको छ एक स्थानीयले भने ती महिला बोकेको गाडीमा स्थानीयहरु पनि आवतजावत गरेको पाइएको छ । ती महिलाको घरमा १० वर्षीय छोरा पनि रहेका थाहा हुन आएको छ । सुरक्षाकर्मीले प्रत्येक घरमा गएर त्यहाँका मानिसहरुको तथ्याकं संकलन गर्दैछ । स्थानीय जनप्रतिनिधहरुपनि के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छन् ।

मृत्यु भएकी महिला कोरोनाकै कारण मरेको हो भन्ने पुष्टि भइसकेको छैन् । उनको धुलिखेल अस्पतालमा आरडीटी र पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पताल स्रोतले बताएको छ । थप परीक्षणका लागि टेकु प्रयोगशालामा पठाइएको र त्यसको रिपोर्ट आइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनका भर्खरै जन्मिएका छोरा, आमा र श्रीमान अस्पतालमै रहेको पारिवारिक स्रोतले बताएको । ती महिला १० दिनकी सुत्केरी थिइन् । वैशाख २३ गते सुत्केरी व्यथा लागेपछि ती महिलालाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । २४ गते नै छोरा जन्माएकी उनी दुई दिन अस्पतालको बसाइपछि २५ गते डिस्चार्ज भएर घर फर्किएकी थिइन् ।

शिक्षण अस्पतालबाट उनलाई नेपाल रेडक्रस सोसाइटी बाह्रबिसेको एम्बुलेन्सबाट घर ल्याइएको थियो । घर ल्याइएको केही दिनमा श्वासप्रशवासमा समस्या भएपछि उनलाई बिहीबार राति बलेरोमा धुलिखेल अस्पताल पुर्याइएको थियो । चिकित्सकको अनेक प्रयासका बाबजुद उनको शुक्रबार बिहान मृत्यु भएको थियो ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!