गृहपृष्ठ ∕ समाज ∕ धुस्कुनमा हस्पिटल बेडसहितको सुविधासम्पन्न क्वारेन्टाइन धुस्कुनमा हस्पिटल बेडसहितको सुविधासम्पन्न क्वारेन्टाइन सिन्धु खबर जेठ २, २०७७ गते १८:४१ मा प्रकाशित सिन्धुपाल्चोक । देशका विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै जिल्लाका स्थानीय तहहरु पनि केही सतर्क देखिएका छन् । क्वारेन्टाइन निर्माण गरेर बसेका स्थानीय तहका जनप्रतिनिधिहरु त्यसलाई अझ व्यवस्थित बनाउन केन्द्रित भएका छन् । लामो समय देखि क्वारेन्टाइन बनाएर बसेका उनीहरु संक्रमणको आशंका गरिएका बिरामीहरु नहुुँदा अव्यस्थित बनेका क्वारेन्टाइनलाई थप व्यवस्थित बनाउन लागेका हुन् । त्रिपुरासुन्दरी गाउँपालिका ३ का वडाध्यक्ष शुकदेव रिसाल क्वारेन्टाइनलाई व्यवस्थित बनाउन लागेका छन् । वडाका स्थानीय मानिसहरुको सहयोगमा हरिसिद्धी माविको क्वारेन्टाइनलाई सुविधासम्पन्न बनाउन उनी लागिपरेका हुन् । सामाजिक संस्था लिवर्डले क्वारेन्टाइन व्यवस्थापन गर्न दुइ लाख दिएपछि १० बेड हस्पिटल बेड, १५ बेड नर्मल सहित २५ बेडको सुविधासम्पन्न क्वारेन्टाइन बनाएको हो । यसमा छुट्टा छुट्टै ट्वाइलेट, बती, पानीको व्यवस्था छ । अब बेडमा बाल्टिन, जग, डस्टबिन, बाटा, दाँत माझ्ने ब्रस, मञ्जन, तौलिया, कपडा राख्ने र्याकसमेतको व्यवस्था गरिएको छ । ४० जनालाई राख्ने क्षमता बनाएको क्वारेन्टाइनमा अहिले कोही पनि नरहेको अध्यक्ष रिसाल बताउँछन् । संक्रमणले भयावह अवस्था आउन सक्ने भन्दै क्वारेन्टाइनलाई अझ व्यवस्थित बनाएको उनले बताए । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे