शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाजरिदम ग्रुपले दियो दृष्टिविहिन र अनाथलाई राहत

रिदम ग्रुपले दियो दृष्टिविहिन र अनाथलाई राहत


काठमाडौं । सिन्धुपाल्चोकका धेरै युवाहरु रहेकाे रिदम ग्रुपका युवाहरुले काठमाडौंमा रहेका ३० जना दृष्टिविहिनहरुलाई राहत वितरण गरेको छ । अन्य जिल्लाबाट काठमाडौंमा आएर सडक पेटीमा जीवन गुजारा गर्ने दृष्टिविहिनलाई प्रयास नेपालको समन्वयमा रिदम गुप्रले सहयोग गरेको भैरवकुण्ड युवा क्लबका निवर्तमान अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।

उनीहरुलाई दैनिक उपभोग्य सामान २५ किलो चामलसहित, दाल, नुन, तेल, मस्यौरालगायत सामान वितरण गरेको श्रेष्ठले बताए ।

रिदम ग्रुपले नेपाल `मानव सेवा संस्था`मा रहेका अनाथ बालकहरुलाई लताकपडाहरु पनि वितरण गरेको छ । केही दिनअघि त्यहाँ रहेका बालकहरुलाई ग्रुपले खाद्यान्नका साथै स्टेशनरी सामान सहयोग गरेको छ । रिदम ग्रुपमा गायक राजु लामा, रोज मोक्तानलगायत १० जना युवा छन् ।

रिदम ग्रुपले सिन्धुपाल्चोकमा विभिन्न सामाजिक काम गर्दै आएको छ । २०७२ मा भुकम्प गएको समयमा सिपाका १२ वटा गाविसका सयौलाई भक्तपुरको बोडेमा टेण्टमा राखेर महिनौसम्म खाना खुवाएको थियो ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!