कोभिड-१९ को विरुद्ध ‘पूर्व सावधानी’मा सचेत छौं (भिडियोसहित)

खाडिचौर । सुनकोसी गाउँपालिकाका अध्यक्ष श्रवण जिसीले १२ वटा स्थानीय तहमध्ये सुनकोशीे पहिले नै कोरोना विरुद्ध जुध्न तयारी अवस्थामा रहेको दावी गरेका छन् । सरकारको निति निर्देशनलाई पालना गर्दै गाउँपालिका कोरोना विरुद्ध लड्न पूर्व तयारी अवस्थामा रहेको भन्दै उनले पछि अन्य स्थानीय तहले पनि संक्रमण नियन्त्रणका काम गरेको बताए ।
सिन्धु खबरसँग कुरा गर्दै उनले गाउँपालिकाले कोरोना नियन्त्रणका विभिन्न काममा सक्रिय रहँदै बिहान बेलुका छाक टार्न समस्या भएकालाई राहत वितरण र विभिन्न जिल्लामा रहेका जनतालाई घर ल्याउने काम गरेको बताए । सुनकोसीका ६ र २ वडाका मजदुरहरुको तथ्याकं संकलन गरेर राहत विरतण गरिएको र अन्य वडामा पनि यो क्रम जारी रहेको छ ।
उनी भन्छन्, ‘काठमाडौं तथा विभिन्न जिल्लाबाट गाउँपालिका भित्रेकाहरु क्वारेन्टाइनमा बस्न भने मानेनन् । हामी पनि काठमाडौंमा क्वारेन्टाइन जस्तै गरी सेल्फ क्वारेन्टाइनमा नै बसेको हुनाले हामीलाई आफ्नै घर पठाउनुस भने त्यसैले उनीहरुलाई घर पठाइएको हो ।’ सबैलाई स्वास्थ्य परीक्षण गरी घर पठाएकाले उनीहरुबाट संक्रमणको डर नभएको उनले बताए । तरपनि गाउँपालिका चनाखो भएर बस्नुपर्ने भएकाले स्वास्थ्य परीक्षणलाई भने जारी राखेको अध्यक्ष जिसीको दावी छ ।
‘प्रत्येक वडामा निर्वाचित जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुबाट घर घरमै गएर स्वास्थ्य परीक्षण गरेका छौ उनले भने, ‘केही भयो भने खबर गर्न पनि भनेका छौं ।’ गाउँपालिकाले एउटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । त्यस्ता कोरोना शंकास्पद बिमारी देखिए तुरुन्त धुलिखेल वा काठमाडौं लाने व्यवस्था मिलाएको छ ।
हेरौ उनीसँग सिन्धुखबरले गरेको कुराकानी ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस