शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाजकाँग्रेस नेता भट्टराईको पहलमा खाद्यान्न सहयोग

काँग्रेस नेता भट्टराईको पहलमा खाद्यान्न सहयोग


काठमाडौं ।  नेपाली काँग्रेस सिन्धुपाल्चोक साविक २ नम्बर क्षेत्रका उप-सभापति एवं भक्तपुर ब्रम्हनगर यूवा तथा खेलकुद क्लबका अध्यक्ष नवराज भट्टराई तथा सह संयोजक सन्तोष भट्टराईले सुर्यविनायक ३ बालकोट भित्रका २ सय ६० परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

उनीहरुले २ सय ६० परिवारलाई १० केजी चामल नून, दाल, तेल, साबुनलगायत सामग्री सहयोग गरेको नवराज भट्टराइले जानकारी दिए । त्यस्तै अपागं मैत्री संस्था कपनलाई एक सय ५० केजी चामल प्रदान गरेको छ ।

अपागंमैत्री संस्थाका अध्यक्ष काजीलाल श्रेष्ठलाई सो खाद्यान्न सामगी हस्तान्तरण गरेको उनले जानकारी दिए ।  स्थानीय समाजसेवी तथा नेता कार्यकर्ताहरुसँगको सहकार्यमा खाद्यान्न सहयोग गर्न पाएकोमा आफू खुशी रहेको उनले बताए ।

यसअघि सिन्धुपाल्चोकको इन्द्रावती गाउापालिकाका केही स्वास्थ्य संस्थामा भट्टराइले स्वास्थ्य सामग्रीसमेत वितरण गरेका थिए ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!