काँग्रेसले गर्यो विपन्न परिवारलाई खाद्यन्न सहयोग

चित्र मिजार ।
बाह्रबिसे । नेपाली काँग्रेसलेका युवा नेताहरुले बाह्रबिसे नगरपालिका ५ र ६ गातीे बसेरीका विपन्न परिवारलाई खाद्यन्न सहयोग गरेका छन् । काँग्रेस १ नम्बर क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, काँग्रेसका युवा नेता ज्ञानेन्द्र थापा र अजय लामाको आर्थिक सहयोगमा बिहीबार २५ घरधुरीलाई खाद्यन्न सहयोग गरिएको हो ।
लकडाउनका कारण बिहान बेलुकी छाक टार्न समस्यामा परेका विपन्न, मजदुर, ज्यालादारी, अशक्तलाई खाद्यन्न सहयोग गरेको क्षेत्रीय सभापति बस्नेतले जानकारी दिए । खाद्य सामग्रीमा प्रतिपरिवार ३० किलो चामाल, दाल, तेल, नुन र चिनीलगायत छ । खाद्यसामग्री पाएपछि फूरुङग भएर जित बहादुर बिकले भने, ‘दुख र अभावमा काँग्रेस नै साथी रहेछ ।’
यसअघि सभापति बस्नेतले बाह्रबिसे नगरपालिकाका ५१ जना ज्यालादारी र मजदुरलाई खाद्यन्न सहयोग गरेका थिए । त्यस्तै १३१ औं मजदुर दिवसमा २५ जनालाई खाद्यन्न सहयोग गरिसकेका छन् । गरीब, सुकुम्बासी अशक्तलगायतलाइ आवश्यक परे अझै खाद्यन्न सहयोग गर्न आफू तयार रहेको उनले बताए । उनले काँग्रेस क्षेत्र नम्बर एकको तर्फबाट गाउँगाउँ पुगेर स्वास्थ सामाग्रीसमेत निशुल्क बितरण गरेका थिए ।
क्याटेगोरी : समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस