गृहपृष्ठ ∕ समाज ∕ दिर्घरोगीको औषधि वितरणमा समानता नभएको गुनासो दिर्घरोगीको औषधि वितरणमा समानता नभएको गुनासो kishor वैशाख २५, २०७७ गते ८:४४ मा प्रकाशित तालामाराङ, २५ वैशाख । मेलम्ची नगरपालिका वडा नं. ६ तालामाराङले दिर्घ रोगीका लागि वितरण गरेको औषधिमा समानता नभएको स्थानीयको गुनासो छ । नगरपालिकामार्फत वडा कार्यालयलले गरेको दिर्घ रोगीहरुको नामावली संकलनसँगै निःशुल्क औषधि वितरण पक्षपात पूर्ण रहेको स्थानीयले आरोप लगाएका हुन् । वडा कार्यालयले दिर्घ रोगीहरुको नाम अभिलेखीकरण गरेर एक सय जनालाई औषधि वितरण गरेको जनाएको छ । तर, स्थानीयवासीले भने अति आवश्यक परेका रोगीहरुलाईसमेत औषधि नदिइएको बताएका हुन् । स्थानीय ओमबहादुर गिरीले मुटु, दम, मृगौलाजस्ता रोगको औषधि वितिरणमा समानता नभएको दाबी गरे । वडाले कसैलाई बाँडेको कसैलाई नबाडेको भनेर रोगिहरुको गुनासो आएको गिरीको भनाई छ । वडाअध्यक्ष जितराज थापाले एक सय ६३ जना दिर्घ रोगीको तथ्याङ्क संकलन गरिएकोमा एक सय जनालाई वितरण गरेको बताए । उनले औषधि वितरणमा दिर्घ रोगीका लागि समान गरेको दाबी गर्दै सामान्य समस्या भएकाहरुपनि आउन थालेपछि केही समस्या आइको स्वीकार गरे । दिर्घ रोगीको लागि वडाले विशेष निर्णय गरेपनि सामान्य टाउको दुखेकाहरु, पेट दुखेकाहरु समेत आएकाले आफूले उनीहरुलाई फर्काएको अध्यक्ष थापाको भनाई छ । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता इन्द्रावतीमा विद्युत चोरी गरे सुविधा रोक्का, काठको पोलमुक्त बनाइँदै महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह पत्रकार महासंघको ‘१३ बुँदे हेलम्बु घोषणापत्र’ जारी, यस्ता छन् निर्णय धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ६फेरि बन्द हुने भयाे ताताेपानी नाका ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा