बुधबार, असोज ६, २०७८
गृहपृष्ठसमाजगणेश सहकारीले दियो खाद्यान्न राहात

गणेश सहकारीले दियो खाद्यान्न राहात


बाह्रबिसे । कोरोना भाइरस (कोभिड १९) को संक्रमण त्रासले लकडाउनमा परेकाहरुलाई प्रस्तावित श्री गणेश साना किसान कृषि सहकारी संस्था लिमिटेडले खाद्यन्न सहयोग गरेको छ ।

बाह्रबिसे नगरपालिका ३ (साबिक २ र ३ नम्बरवडा) का २४ घरपरिवारलाई साँढे १२ केजी चामाल, दाल, तेल, नुन र साबुनलगायत सामग्री वितरण गरेको सो सहकारीका सचिव शुसिल थापा जानकारी दिएका छन् ।

लकडाउनका कारण दैनिक उपभोग्य वस्तु नभएपछि बिहान बेलुकीको छाक टार्न समेत धौधौ परेको बेला सहकारीले खाद्यन्न दिएर ठूलो पूण्यको काम गरेको कृष्ण कुमारी नेपालीले खुशी हुँदै भनिन् ।

लकडाउनमा परेकालाई सहकारीले खाद्यन्न दिएको जिल्लामा यो नै पहिलो भएको सचिव थापाको दावी छ ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!