Techie IT
Thursday, June 24,2021 / बुधबार, असार ९, २०७८
×
गृहपृष्ठसमाजश्रमिक दिवसमा काँग्रेस क्षेत्रीय समितिले गर्यो मजदुरलाई खाद्यान्न सहयोग

श्रमिक दिवसमा काँग्रेस क्षेत्रीय समितिले गर्यो मजदुरलाई खाद्यान्न सहयोग


बाह्र्बिसे । नेपाली काँग्रेस क्षेत्रीय कार्यसमितिले मजदुरहरुलाई खाद्यान्न सहयोग गरेका छ । मजदुर दिवसको उपलक्ष्यमा सडकमा काम गर्ने र असंगठित २५ जना मजदुरलाई खाद्यान्न सहयोग गरेको सभापति बालकृष्ण बस्नेतल जानकारी दिए ।

बस्नेतले व्यक्तिगत पहलमा ट्रेड यूनियन काँग्रेस सचिव हरिचन्द्र खड्कासँगको समन्वयमा खाद्यान्न सहयोग गरेको बताएका छन् । मजदुरलाई १५ किलो चामल, तेल, नुन र दाल लगायत खाद्यान्न सहयोग गरिएको हो ।

मजदुरहरुलाई सरकारले राहत घोषणा गरेपनि पाउन नसकेको कारण आफूले केही मजदुरहरुलाई खाद्यान्न सहयोग गरेको उनले बताए । ‘राज्य गैर जिम्मेवार छ म आँखा चिम्लेर बस्न सक्दिन उनले भने,सकेको सहयोग गर्न सदैव तत्पर छु ।’


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!